स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा यामकान्त खनाल निर्वाचित हुनु भएको छ । नवौं अधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न मतदानका लागि आगामी ४ वर्षे कार्यकालका लागि खनालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको हो । खनाल १ हजार ५ सय ७१ मत प्राप्तगरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी लक्ष्मीपति पौडेलले ७ सय १५ मत पाउनु भएको थियो । खनाल ८ सय ५६ मत धेरै ल्याई निर्वाचित हुनु भएको हो ।
यस्तै उपाध्यक्षमा यज्ञप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । अधिकारीले २ हजार ८६ मत ल्याएर निर्वाचित हुनु भएको हो भने उहाँका प्रतिस्पर्धी यमलाल शर्मा पंगेनीले ४ सय ३८ मत पाउनु भएको थियो ।
यस्तै सचिवमा गोकर्ण प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । उहाँले २ हजार १२ मत ल्याउदा प्रतिस्पर्धी कमल पंगेनीले ५ सय ३२ मत ल्याउनु भयो ।
यसैगरी कोषाध्यक्षमा दुर्गा कुमारी न्यौपाने निर्वाचित हुनु भएको छ । ५ मतान्तरले यज्ञप्रसाद पाठकलाई पछाडि पार्दै न्यौपाने निर्वाचित हुनु भएको हो । न्यौपानेले १ हजार २ सय ७५ र पाठकले १ हजार २ सय ७० मत पाउनु भयो ।
लेखा तथा सुपरिवेक्षण समिति र ९ जना सदस्यका लागि भने पहिला नै सहमति भैसकेको हो । जसमा लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा परसुराम लम्साल सर्वसम्मत निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा गोपाल जिटी र सिर्जना सिग्देल ( काफ्ले ) रहेका छन् । यसैगरी सञ्चालक सदस्यहरुमा राजिव कुमार अर्याल, भवि गुरुङ, राजेन्द्रप्रसाद बगाले, सुमन कल्याण अर्याल, घनश्याम पाठक, शालिकराम न्यौपाने र मोहनीलाल गैरे रहेका छन् भने महिला सदस्यमा तारा तिवारी र सरस्वती पाण्डे निर्वाचित भएका हुन् ।