Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा बजार अनुगमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

स्याङ्जामा बजार अनुगमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

  • गोपाल जिटी
  • बिहिवार, कार्तिक २३ २०८०


  • स्याङ्जामा बजार अनुगमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    स्याङ्जामा बजार अनुगमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिले आज (बिहिबार) जिल्ला प्रशासन कार्यालय स्याङ्जामा बजार अनुगमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।
    संघीय संसद प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिले दैनिक उपभोग्यमा चिनी, चामललगायतका खाद्यवस्तुहरुको आपूर्ति व्यवस्थापनका सम्बन्धमा उपभोग्य हीत सम्बद्ध पदाधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलगायतका पदाधिकारीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 
    संघीय संसद प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सदस्य माननीय सांसद राजु थापा, सदस्य माननीय सांसद रेखा यादव, माननीय सांसद शान्ति चौधरी, माननीय सांसद सीता मिजार तथा उपसचिव प्रदिपकुमार नेपाललगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले स्याङ्जा जिल्लाको आ.व.२०८०÷०८१ को बजार अनुगमन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाका ११ पालिकाहरुमा १३ पटक अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कूल ९७ वटा पसल तथा फर्महरुमा गरिएको अनुगमनमा २० वटा कार्यवाहीमा परेका छन् । कार्यवाहीबाट जम्मा रु.५ लाख ८३ हजार २ सय ३४ जरिवाना गराइएको छ । 
    कार्यक्रमका सहभागीहरुले औपचारिकताका लागि गरिएको अनुगमन प्रभावकारी नहुने बताएका छन् । चाडवाडको समयमा गरिएको अनुगमनले मात्र उपभोक्ताहरुको हीतमा नहुने उनिहरुको भनाई थियो । दैनिक उपभोग्य वस्तुका साथै आम नागरिकहरुले उपभोग गर्ने अन्य क्षेत्रमा पनि अनुगमन गर्नुपर्ने सहभागीहरुले धारणा राखे । बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि दैनिक उपभोग्य वस्तुमा जस्तै समय समयमा अनुगमन आवश्यक रहेकोमा सहभागीहरुको जोड छ । 
    कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सभापति माननीय अव्दुल खानले गुणस्तरीय वस्तु र सेवा उपभोक्ताको अधिकार भएको बताउनुभयो । उहाँले उपभोक्तालाई ठग्नु ठूलो भूल र मानवअधिकार विपरित भएको उल्लेख गर्नुभयो । चेन अफ कमाण्डलाई पालना गर्नुपर्ने भन्दै सभापति खानले आ—आफ्नो ठाउँबाट सबैले इमान्दारिताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्याङ्जामा गरिएको अनुगमन सन्तोषजनक रहेको  उल्लेख गर्नुभयो । 
    हाम्रो देशमा भएका कतिपय कानून धेरै पूराना र कमजोर छन्, सुधार्दै र बनाउँदै जानुपर्ने सभापति खानको भनाई छ । 
    कार्यक्रममा संघीय सांसद प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सदस्य माननीय सांसद राजु थापा, सदस्य माननीय सांसद रेखा यादव, माननीय सांसद शान्ति चौधरी, माननीय सांसद सीता मिजार तथा उपसचिव प्रदिपकुमार नेपाललगायतको उपस्थिति रहेको थियो ।
    जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, पालिकाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।

    बिहिवार, कार्तिक २३ २०८००७:२०:०१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend