Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हरिवोधनी एकादशीका अवसरमा दामाचौरमा ज्याग्दी बजार, भलिबल प्रतियोगिता समुद्घाटन

हरिवोधनी एकादशीका अवसरमा दामाचौरमा ज्याग्दी बजार, भलिबल प्रतियोगिता समुद्घाटन

  • गोपाल जिटी
  • शुक्रवार, मंसिर ८ २०८०


  • हरिवोधनी एकादशीका अवसरमा दामाचौरमा ज्याग्दी बजार, भलिबल प्रतियोगिता समुद्घाटन

    स्याङ्जाको दामाचौरमा वार्षिकरुपमा हुँदै आएको ज्याग्दी बजार बिहिबारदेखि सुरु भएको छ । हरिवोधनी एकादशीका अवसरमा लाग्ने दामाचौरको ज्याग्दी बजारसँगै वडास्तरीय भलिबल प्रतियोगिताको समुद्घाटन गरिएको छ । दामाचौर बजार व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा १२ गतेसम्म सञ्चालन हुने वडास्तरीय भलिबल प्रतियोगिताको चापाकोट नगर प्रमुख देवबहादुर खाँड ( इश्वर ) ले समुद्घाटन गर्नुभएको हो । 
    वडा स्तरीय भलिवल प्रतियोगिताको समुद्घाटन गर्दै नगर प्रमुख खाँडले ठूली एकादशीका अवसरमा मेलासँगै यस्ता प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको बताउनुभयो । हरिवोधनी एकदशीका अवसरमा कालिगण्डकी तटमा मेला लाग्ने चापाकोटको परम्परा हो र दामाचौरमा हुने ज्याग्दी बजार विशेष रहँदै आएको नगर प्रमुख थापाले औंल्याउनुभयो । मेलाका अवसरमा हुने प्रतियोगितात्मक कार्यक्रमले युवाहरुको क्षमता विकासकासाथै स्थानीय व्यापार प्रवद्र्धनमासमेत टेवा पु¥याउने उहाँको भनाई छ । नगर प्रमुख खाँडले ज्याग्दी बजारका अवसरमा प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेकोमा दामाचौर बजार व्यवस्थापन समितिलाई धन्यवाद दिदै नगरपालिकाको सधै साथ सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । 
    हरिवोधनी एकादशीका दिन परम्परागतरुपमा लाग्दै आएको ज्याग्दी बजार दामाचौरको विशेषता नै रहेको बजार व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर शाहीले बताउनुभयो । पहिला पहिला हाट बजारका समयमा भिड अनियन्त्रित हुँदैजाँदा बिभिन्न अवाञ्छित घटनाहरु पनि हुने गर्थे, त्यसको न्युनिकरण गर्दै थप व्यवस्थित र सभ्यरुपमा अगाडि बढाउन बजार व्यवस्थापन समिति लागिपरेको अध्यक्ष शाहीले उल्लेख गर्नुभयो । बजारबासीको साथ सहयोगसँगै यस अवसरमा आयोजित बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुले थप मनोरञ्जन र व्यवस्थित गराएको उहाँको भनाई छ ।,
    साविक वडा स्तरीय भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः.४० हजार, २५ हजार र १५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसका साथै वडा स्तरीय व्याडमिण्टन तथा खुल्ला नृत्य प्रतियोगिता समेटिएको छ । समुद्घाटनका अवसरमा पछिल्लो समयकी चर्चित मोडल तथा नृत्याङ्गना अस्मिता रनपालको उर्जाशील नृत्यले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

    शुक्रवार, मंसिर ८ २०८००९:५१:२५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend