Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

रामपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

  • PNN Times
  • शनिवार, मंसिर १६ २०८०


  • रामपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

            मंसिर १६, वालिङ

           पाल्पाको रामपुर नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । अभियान अन्तर्गत नगरपालिकाले विभिन्न वडामा सचेतानमूलक कार्यक्रम गरेको छ ।
    नगरपालिकाको वडा नं.१ मा एकल महिला तथा दलित महिलाहरुका लागि लैंगिक हिंसा तथा कानुनी अधिकार सम्बन्धी र वडा नं. ४ मा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. १ मा भएको कार्यक्रममा महिलाहरुलाई समाजमा हुने विभिन्न हिंसा , महिला अधिकार र कानुनी प्रकृयाको बारेमा प्रशिक्षण सहितको सचेतना कार्यक्रम गरेको हो । हिंसाका प्रकार, त्यसको कानुनी उपचार, समाजमा बढि हुने हिंसालाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने लगाएतका विषयमा महिलाहरुलाई जानकारी गराईएको थियो ।
            कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापाले जानेर वा नजानेर घर घरमा हिंसा भई रहेकोले त्यसको अन्त्यका लागि गाँउ गाँउबाटै लाग्नु पर्नेमा जोड दिनुभयो । विभिन्न डरका कारण समाजमा हुने हिंसालाई लुकाएर राखेको अवस्था रहेकाले त्यसको विरुद्ध आवाज उठाउन नगर प्रमुख थापाको आग्रह छ । 
    यसैगरी नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले हिंसा गर्नु मात्रै हिंसा नभई सहनु पनि हिंसा भएकाले यसको अन्त्य गर्नुपर्ने बताउनुभयो । साथै कुनै डर त्रास नमानी आँपूmलाई गरेको हिंसाको प्रतिकार गर्न आवश्यक रहेको भन्दै महिलाहरुको न्यायको निम्ति आँपूm संधै प्रतिबद्ध भएर लागेको उल्लेख गर्नुभयो ।  
          यस्तै लैङ्गिक हिंसाको १६ दिने अभियान अन्तर्गत नगरपालिकाले विद्यालयमा विद्यार्थी सचेतना कार्यक्रम अगाडि बढाएको छ । जस अन्तर्गत सीताराम माध्यमिक विद्यालय रामपुर ४ सदावर्तमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
    विद्यालयमा अध्ययनरत कक्षा ८ ,९ र १० का विद्यार्थीहरु लक्षित कार्यक्रम गरिएको छ । 

    images

    शनिवार, मंसिर १६ २०८००५:०३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend