Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा अवैध रुपमा ल्याईएको चिनी र तेल बरामद

पैयूँमा अवैध रुपमा ल्याईएको चिनी र तेल बरामद

  • मोहन सुनार
  • मंगलवार, मंसिर १९ २०८०


  • पैयूँमा  अवैध रुपमा ल्याईएको  चिनी र तेल बरामद

    मंसिर १९, पर्वत । पर्वतको पैयूँमा अवैध रुपमा ल्याईएको चिनी र तेल बरामद गरिएको छ ।  ग १ ज ७८२० नम्बरको गाडीले अवैध रुपमा ल्याएको चिनी र खाने  तेल बरामद गरेको ईलाका प्रहरी कार्यालय हुवासले जनाएको छ ।

    अवैध रुपमा चिनी र तेल ल्याएको भनी गोप्य सुचनाको आधारमा  इलाका प्रहरि कार्यालय हुवासबाट खटिएको टोलिले चेकिङ्ग गर्दा६५ किलो चिनी र १० लिटर सनफलावर तेल फेला पारेको हो ।

    images

    यद्यपी चिनी र तेल ल्याउने व्यावसायिको थिए भनेर प्रहरीले खुलाएको छैन ।

    प्रहरीले बरामद गरेको सामान बराबरको मुल्य ९ हजार ६ सय ५० रुपैया इलाका प्रशासन कार्यालय हुवासले जरिवाना तिराएर उक्त रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गरेको छ । 

    मंगलवार, मंसिर १९ २०८००६:१८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend