पुस ८, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले मन्टेश्वरी तालिम सुरु गरेको छ । गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय स्वयंसेवकहरुका लागि ३ दिने मन्टेश्वरी तालिम सुरु गरेको भएको हो ।
तालिमको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भूसालले उद्घाटन गर्नु भएको छ ।
तालिमको उद्घाटन गर्दै अध्यक्ष भुसालले पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि मन्टेश्वरी शिक्षा भएकाले घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गराउन तालिमको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
उहाँले विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको मन्टेश्वरी शिक्षा निकै महत्वपूर्ण मानिने बताउनु भयो ।
बालबालिकालाई मन्टेश्वरी विधि र पद्धतिबाट सिकाउने स्थानलाई प्रि-स्कुल पनि भनिन्छ ।
मन्टेश्वरी किन्डरगार्टेनमा बालबालिकालाई किताब पढाउनुको साटो खेलकुद तथा अन्य सामग्रीको माध्यमबाट उनीहरुलाई विभिन्न ज्ञानतथा सीप सिकाइन्छ ।

तालिम पुस ८ गते देखि १० गते सम्म चल्ने गाउँपालिकाले जनाएको छ ।
