Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा जेष्ठ नागरिकलाई वडा कार्यालयद्वारा सम्मान 

पर्वतमा जेष्ठ नागरिकलाई वडा कार्यालयद्वारा सम्मान 

  • मोहन सुनार
  • बुधवार, पौष ११ २०८०


  • पर्वतमा जेष्ठ नागरिकलाई वडा कार्यालयद्वारा सम्मान 

    जेष्ठ नागरिक दिवसको अवसरमा पर्वतमा जेष्ठ नागरिकलाई सम्मान अभियान सुरु गरिएको छ । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ ले वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान स्वरुप कम्बल वितरण गरेर सम्मान गरेको  हो । 

    uu.jpg
    पैयूँ गाउँपालिका वडा नम्बर ५ मा रहेका ६८ बर्ष माथिका  २ सय जना जेष्ठ नागरिकलाई वडाले कम्बल दिएर सम्मान गर्ने वडा अध्यक्ष निर्भीक नारायण भुर्तेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र सम्वर्द्धनका लागि पैयूँ ५ बासी जेष्ठ नागरिक आमा बुबाहरुलाई वडा कार्यालयले सम्मान  गरेको अध्यक्ष भुर्तेलले बताउनुभयो ।

    images

    yy.jpg
    ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न उहाँहरुको सम्मानको लागि कम्बल प्रदान गरिएको अध्यक्ष भुर्तेलले उल्लेख गर्नुभयो ।
    सम्मान कार्यक्रममा कार्यपालिका सदस्य,वडा सदस्यहरु लगायतको उपस्थिती थियो ।

    बुधवार, पौष ११ २०८००६:१८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend