पुस १३, वालिङ
कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सिद्धार्थ राजमार्ग विस्तारको काम अगाडि छिट्टै अगाडि बढाइने बताउनु भएको छ । गण्डकी र लुम्विनी प्रदेश जोड्ने पोखरा—सुनौली सिद्धार्थ राजमार्गलाई विस्तार गरी डेडिकेटेट दुई लाइन बनाउने तर्फ मन्त्रालयमा कुरा अगाडि बढिरहेको कानून न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले बताउनु भएको हो ।
स्याङ्जाको वालिङमा शुक्रबार नेपाल प्रेस युनियन स्याङ्जाद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्री गुरुङले सिद्धार्थ राजमार्ग विस्तार हुन नसके समग्र जिल्ला नै पछिपर्ने भएकाले राजमार्ग विस्तारलाई प्राथमिकता दिएर लाग्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो— “चुनावका बेला पाँच वर्षभित्रमा सिद्धार्थ राजमार्ग विस्तार गर्ने भनेर बोलेकै हो । बोलेको काम पूरा गर्नेतर्फ म आँपूm प्रतिवद्ध छु । अब सिद्धार्थ राजमार्ग विस्तारको काम नहुने हो भने हामी पछाडि पछौं भन्ने लागेको छ । त्यसैले मन्त्रालयस्तरमा सिद्धार्थ राजमार्ग विस्तारको कुरा अगाडि बढाइएको छ ।”
२०४८ सालमा खनेको वालिङ हुवास सडक मर्मतका लागि किन ध्यान दिइएन ? उल्टै बजेट कटौती गरियो नि भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले आगामी वर्ष बजेटको व्यवस्था गरिने बताउनुभयो । यो सडकको मात्र नभएर वालिङ नगरक्षेत्रकै बजेट कटौती भएको सत्य हो र यो दुर्भाग्यपुर्ण पनि हो । कसौंडीमा नभएपछि दिन्छु भनेरमात्र नहुने भएकाले बजेट कटौती भएको उहाँको भनाई छ । तर आगामी वर्ष यस्तो नहुँने भन्दै मन्त्री गुरुङले स्मार्टसिटीको अवधारणासहित अगाडि बढेको वालिङका लागि आगामी वर्ष बजेटको व्यवस्था गरिने विश्वास व्यक्त गर्नुभयो । वालिङको विकासका लागि नगर प्रमुख उप प्रमुखसँग कुराकानी भैरहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी न्याय सम्पादनमा आँपूm मन्त्री भएपछि छिटो छरितो कसरी गर्नसकिन्छ भनेर लागिपरेको मन्त्री गुरुङले व्यक्त गर्नुभयो । भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने आफूले बोल्दै आएको उल्लेख गर्दै उहाँले एकपछि अर्को गर्दै फाइल खोल्दै अगाडि बढेको बताउनुभयो ।
जहाँसम्म अहिले मन्त्री परिषद पुनर्गगठनको कुरा छ, यो प्रत्रधानमन्त्रीले चाहनुभयो भने हुनसक्ने मन्त्री गुरुङले औंल्याउनुभयो । केहीलाई विदा गर्ने र नयाँ राख्नुपर्ने आँफूलाई पनि लागेको उहाँको भनाई छ ।