Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ साना किसान कृषि सहकारी संस्था लि.को अध्यक्षमा पुनः डुम्रे

वालिङ साना किसान कृषि सहकारी संस्था लि.को अध्यक्षमा पुनः डुम्रे

  • मोहन सुनार
  • शनिवार, पौष २१ २०८०


  • वालिङ साना किसान कृषि सहकारी संस्था लि.को अध्यक्षमा पुनः डुम्रे

    पौष २१,वालिङ ।
    वालिङ साना किसान कृषि सहकारी संस्था लि.को अध्यक्षमा सीता पाण्डे डुम्रे चयन हुनुभएको छ । संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट डुम्रे सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।
    वि.सं.२०७५ सालमा स्थापना भएको संस्थामा सञ्चालक समितिको अध्यक्षमा रहेर पहिलो कार्यकाल सकाउनुभएकी डुम्रे दोस्रो कार्यकालको लागि पुनःचयन हुनुभएको हो ।
    अध्यक्षको जिम्मेवारी सम्हाल्दै डुम्रेले ग्रामिण तहका महिलाहरुको आर्थिक अवस्था उकास्नको लागि सहकारीले  भरमग्दुर प्रयास गरेको बताउनुभयो ।
    ‘सहकारीको माध्यमबाट गाउँका विपन्न महिलाहरुको आर्थिक अवस्था उकास्न तथा उनीहरुलाई आत्मनिर्भर बनाउन हामीले अगाडि सारेका कार्यक्रमहरु प्रभावकारी सावित भएका छन्’ अध्यक्ष डुम्रेले भन्नुभयो–‘ आगामी दिनहरुमा अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनेछौँ ।’उहाँले उत्पादनका माध्यमबाट ग्रामिण स्तरका महिलाहरुको आर्थिक स्तर सबल बनाउन सहकारीले अझ शसक्त कार्यक्रमहरु ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    IMG_8686.JPG
    कार्यक्रममा वालिङ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले धेरै सहकारीहरुमा आर्थिक हिनामिना भएका समाचारहरु आइरहेको अवस्थामा वालिङ साना किसान कृषि सहकारी संस्था लि.ले मुनाफा कमाउन सक्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।उहाँले सञ्चालक समितिले नीति,योजना बनाएर तथा तिनको सफल कार्यान्वयन गरेर शेयर लगानीकर्ताहरुको धनको सुरक्षा गर्दै उत्पादकत्व बढाउन सुझाव दिनुभयो ।

    images

    IMG_8691.JPG
    अधिवेशनबाट १३ सदस्यीय सञ्चालक तथा ३ सदस्यीय लेखा समिति चयन भएका छन् । अधिवेशनबाट प्रथम उपाध्यक्षमा शुष्मा गैरे जैसी,द्वितीय उपाध्यक्षमा सरस्वती सुवेदी क्षेत्री चयन भएका छन् । सचिवमा लक्ष्मी पौडेल कुँवर, कोषाध्यक्षमा मनुप्रभा आचार्य चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कल्पना श्रेष्ठ,अप्सरा श्रेष्ठ, कल्पना श्रेष्ठ, उमा कुमारी पौडेल क्षेत्री,उमा गैरै,रीता पंगेनी उपाध्याय, अस्मिता अधिकारी, र जानकी तिवारी रहेका छन् ।
    अधिवेशनले लेखा सुरपरिवेक्षण समिति पनि चयन गरेको छ । नारायण प्रसाद रेग्मीको सयोजकत्वमा चयन भएको समितिमा  सागर डुम्रे र मेनका भट्टराई सदस्यहरु रहेका छन् ।

    शनिवार, पौष २१ २०८००७:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend