Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरका १ सय ५४ किसानलाई अनुदानमा तरकारीको बीउ

रामपुरका १ सय ५४ किसानलाई अनुदानमा तरकारीको बीउ

  • गोपाल जिटी
  • मंगलवार, पौष २४ २०८०


  • रामपुरका १ सय ५४ किसानलाई अनुदानमा तरकारीको बीउ

    पुस २४, वालिङ
    रामपुर नगरपालिकाले कृषकहरुलाई हिउँदे तरकारीको बीउ वितरण गरेको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमका बीच कृषक तथा कृषि समूहलाई ५० प्रतिशत अनुदानमा लहरे तरकारीको बीउ वितरण गरेको हो । 
    कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि अनुदानमा बीउविजन वितरण गरिएको बताउनुभयो । नगर प्रमुख थापाले कृषकलाई व्यवसायीक र आत्मनिर्भर बनाउन प्रोत्साहन स्वरुप अनुदानमा बीउविजन वितरण गरेको उल्लेख गर्नुभयो । “व्यवसायीक कृषक बनिदिनुहोस नसके आफुलाई आवश्यक तरकारी आफै उत्पादन गर्नुहोस”नगर प्रमुखथापाले भन्नुभयो–“बाहिरबाट आयात गरेको तरकारीमा विषादी प्रयोग हुनसक्ने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ ।” बाहिर निर्यात गर्ने गरी तरकारी उत्पादन नसके पनि कम्तीमा नगरपालिका भित्र आवश्यक तरकारीको मागलाई परिपूर्ति हुनेगरी उत्पादनमा लाग्न उहाँको  आग्रहछ । मानव स्वास्थ्य र कृषकहरुलाई राहत स्वरुप नगरपालिकाले विभिन्न समयमा अनुदानमा बीउ विजन वितरण गर्दै आएको नगर प्रमुखथापाले स्पष्ट पार्नुभयो । 

    Rr.jpgआर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत तेलहन तथा तरकारीको बीउविजन ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत वितरण गरिएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिनुभयो । राम्रो उत्पादनका लागि नगरपालिकाले प्राविधिक सहयोग तथा आवस्यक परामर्श दिइने उल्लेख गर्नुभयो । 
    कृषकको मागको आधारमा ६ लाख ९७ हजार ३ सय ३२ रुपैयाँ बराबरको काँक्रा , लौका , घिँरौला , तिते करेला ,गोलभेडा ,भिण्डी , टनेल, बोडी , घ्यू सिमिजातका तरकारीको विउविजनवितरण गरिएको कृषि जेटिए युवराज नेपालीले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत १ सय ५४ जनालाई वितरण गरिने र पहिलो दिन ६० जना कृषकलाई उपलव्ध गराईएको कृषिशाखाले जनाएको छ ।

    images

    मंगलवार, पौष २४ २०८००८:०४:३९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend