पुस २७ वालिङ
स्याङ्जा सहयोग समाजले दृष्टि विहिनलाई सहयोग गरेको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पुतलीबजार ४ ठुलिवेसीका दृष्टि विहिन धन बहादुर दर्जीलाई विहिबार नगद १० हजार सहयोग गरेको हो । जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदी, संस्थाका संस्थापक अध्यक्ष एवम् संरक्षक अनन्त कुमार श्रेष्ठ, सल्लाहकार मेघ प्रनेश र कोषाध्यक्ष चिरञ्जीवी ढकाल लगायतको उपस्थितिमा बिहिबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
क्यान्सर रोगबाट पीडित दर्जीको उपचारका क्रममा दुबै आँखाको ज्योति गुम्न गएको थियो । विगत १ वर्षदेखि निरन्तर आँखाको उपचार गराइरहेका दर्जीलाई थप उपचारका लागि आर्थिक सहयोग गरिएको समाजले जनाएको छ ।
समाजले आन्तरिक रुपमा संकलन गरी सहयोग उपलव्ध गराइएको संस्थाका संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो । पुतलीबजार १ मा केन्द्रीय कार्यालय रहेको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले स्थापनाकालदेखि आर्थिक सहयोग एवम् सामाजिक उत्तरदायित्वका गतिविधीमा सहभागी हुँदै आएको संस्थाका संस्थापक अध्यक्ष एवम् संरक्षक श्रेष्ठले जानकारी दिनुभयो ।