Logo

शनिवार, कार्तिक १ गते २०८३

images

काहुलेमा करेन्ट लागेर ज्यान गयो

काहुलेमा करेन्ट लागेर ज्यान गयो

  • गोपाल जिटी
  • आइतवार, माघ १४ २०८०


  • काहुलेमा करेन्ट लागेर ज्यान गयो

    माघ १४, वालिङ
         स्याङ्जाको पुतली बजार नगरपालिका वडा नम्वर ८ काहुलेमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । काहुलेकि ५० वर्षीय चन्द्र कुमारी सुनारको करेन्ट लागेर ज्यान गएको हो । सुनार घाँस बोकेर घर फर्कने क्रममा घाँसले बिजुलीको पोलमा छुन गई करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आइतबार दिउसो साढे बाह्र बजे घाँसले बिजुलीको पोलमा छुन गई करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा पठाइएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    आइतवार, माघ १४ २०८००४:५९:२४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend