Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिरुवा गाउँपालिकाको १४ औं गाउँसभा, अर्धवार्षिक प्रतिवेदन सर्वसम्मत पारित

बिरुवा गाउँपालिकाको १४ औं गाउँसभा, अर्धवार्षिक प्रतिवेदन सर्वसम्मत पारित

  • गोपाल जिटी
  • सोमवार, माघ १५ २०८०


  • बिरुवा गाउँपालिकाको १४ औं गाउँसभा, अर्धवार्षिक प्रतिवेदन सर्वसम्मत पारित
    माघ १५,वालिङ ।
    स्याङ्जाको बिरुवा गाउँपालिकाले १४ औं गाउँसभा सम्पन्न गरेको छ । २०८०/०८१ को अर्धवार्षिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै गाउँपालिकाले १४ औं गाउँ गाउँसभा एवम् हिउँदे अधिवेशन १५ गते सोमबार सम्पन्न गरेको हो । गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को संलग्न वमोजिम अर्धवार्षिक प्रगति प्रतिवेदन, संशोधित विनियोजन विधेयक २०८० गाउँसभाले सर्वसम्मत  पारित गरेको छ । यसैगरी संशोधित वजेट तथा कार्यक्रम, बिरुवा गाउँपालिका संस्था दर्ता ऐन २०८० र बिरुवा प्रज्ञा प्रतिष्ठान २०७९ ( पहिलो संशोधन ) गाउँसभाले पारित गरेको हो । यस्तै न्यायिक समितिको वार्षिक प्रतिवेदन  तथा आर्थिक वर्ष २०७९/०८० को प्रारम्भिक लेखा परीक्षणको प्रतिवेदनले औंल्याएको वेरुजु फछ्र्यौट गर्न निर्देशन दिने सर्वसम्मतले पारित गरिएको हो । गाउँपालिकाबाट स्वीकृट वजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने एवम् कार्यान्वयनमा वाधा अड्काउ फुकाउनका लागि गाउँ कार्यपालिकालाई अख्तियारी तथा अधिकार प्रत्यायोजन गर्ने गाउँसभाले पारित गरेको छ । यसकासाथै यस गाउँसभाबाट अन्यथा निर्णय भएवाहेक विगतका निर्णयहरुलाई निरन्तरता दिनेलगायतका निर्णयहरु गाउँसभाले पारित गरेको छ ।
    IMG_6348.JPG
    गाउँसभामा सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले हामीले स्थानीय शासन सञ्चालन ऐन वमोजिम गाउँपालिकाभित्रका क्रियाकलापहरु गर्दै आएको बताउनुभयो । सोहि अनुसार आज विनियोजन विधेयक तथा स्थानीय शासन सञ्चालन ऐनलगायत ६ महिनामा भए गरेका कार्य एवम् निर्णयहरु गाउँसभा मार्फत पारित गरेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष कुँवरले भन्नुभयो—“:स्थानीय शासन सञ्चालन ऐन अनुसार वर्षमा दुईवटा गाउँसभा सम्पन्न गर्नुपर्ने हुन्छ, हामीले असारमा चालु आर्थिक वर्ष २०८०÷०८१ को वजेट विनियोजन गरेर कार्यान्वयन गर्ने जिम्मेवारी तपाई हामी सबैलाई दिएको थियो । आज ६ महिना पूराहुँदै गर्दा यो हिउँदे अधिवेशन अहिलेसम्म भएको अर्धवार्षिक प्रतिवेदन छलफल गरेर सर्वसम्मतिकासाथ पारित गरेको छ । यसैगरी विनियोजन विधेयक पनि पारित गरेका छौं ।”
    IMG_6252.JPG
    गाउँसभामा सभासदहरुबाट सुझावहरु आएका छन्, ती सुझावलाई अनुसरण गर्दैजाने अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले समृद्ध बिरुवा सुखी बिरुवावासीको परिकल्पनालाई पूरा गर्नु छ, यसका लागि विभिन्न कार्यक्रमहरु अगाडि पर्नेमा जोड दिनुभयो।
    १४ औं गाउँसभाका अवसरमा तीनजनालाई सम्मानसमेत गरिएको छ । जसमा दुइजना किसान र एकजना पालिकाको लोगो बनाउने रहेका छन् । किसानहरुमा वडा नम्वर ५ लगनशील कृषि फर्मका शोभाकान्त पौडेल र वडा नम्वर ६ का आइरा झाँक्री कृषि मल्टी फर्म सञ्चालक संगीता मरासिनीलाई उत्कृष्ट कृषककारुपमा सम्मान गरिएको हो । यी दुवैजनालाई एक एक लाख नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसैगरी पालिकाको लोगो निर्माता वडा नम्वर ५ का जीवन वाग्ले पनि सोही अनुसार सम्मानित भएका हुन् । 
    IMG_6308.JPG
    IMG_6333.JPG
    IMG_6302.JPG
    IMG_6352.JPG

    सोमवार, माघ १५ २०८००८:३५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend