Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आठौं वालिङ महोत्सव तयारी तीव्र, धोजा पतकासहित वालिङ बजार झकिझकाउ

आठौं वालिङ महोत्सव तयारी तीव्र, धोजा पतकासहित वालिङ बजार झकिझकाउ

  • गोपाल जिटी
  • मंगलवार, माघ १६ २०८०


  • आठौं वालिङ महोत्सव तयारी तीव्र, धोजा पतकासहित वालिङ बजार झकिझकाउ

    माघ १६, वालिङ
          यही माघ १८ देखि २८ गतेसम्म स्याङ्जाको वालिङ खेलमैदानमा आठौं वालिङ महोत्सव हुँदैछ । विगतका महोत्सवमा झैं आठौं महोत्सवका लागि वालिङ बजार क्षेत्र धोजा पतकासहित झकिझकाउ भएको छ । महोत्सवको दिन नजिकिदै जाँँदा वालिङ बजार बेहुली झैं सिङ्गारिएको छ । महोत्सव प्रवेशद्वार लगायत बिभिन्न स्थानमा स्वागतगेटहरु निर्माण गरिएका छन् । यसकासाथै महोत्सव तयारीका धेरै कामहरु भैसकेको आयोजक वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।    WM.jpgवालिङ उद्योग वाणिज्य संघद्वारा २०६३ सालदेखि सुरु गरिएको वालिङ महोत्सव प्रत्येक दुइवर्षमा गरिदै २०७५ सम्म सातौं संस्करण सम्पन्न भएको थियो । कोरोना महामारीका कारण यो बीचमा मेला महोत्सव सञ्चालन पनि प्रभावित हुन पुगेको थियो । समय अनुकुलतालाई हेरेर अहिले आठौं संस्करणको महोत्सव सञ्चालन हुनुभएको हो । 
    वालिङ महोत्सवलाई गण्डकी प्रदेशकै सफल र उत्कृष्ट महोत्सवकारुपमा लिइन्छ । यसै अनुसार विगतको निरन्तरतासँगै अहिले आठौं संस्करणको महोत्सव सञ्चालनमा लागिएको आयोजक जनाएको छ ।

    मंगलवार, माघ १६ २०८००६:४०:४३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend