Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिरुवा गाउँपालिकाले ग¥यो किसानलाई सम्मान

बिरुवा गाउँपालिकाले ग¥यो किसानलाई सम्मान

  • गोपाल जिटी
  • मंगलवार, माघ १६ २०८०


  • बिरुवा गाउँपालिकाले ग¥यो किसानलाई सम्मान

    माघ १६, वालिङ
    स्याङ्जाको बिरुवा गाउँपालिकाले व्याववसायिक किसानहरुलाई सम्मान गरेको छ ।
    गाउँपालिकाले १४ औं गाउँसभा एवम् हिउँदे अधिवेशनका अवसरमा पालिकाभित्र रहेर व्यावसायिकरुपमा काम गर्दै आएका उत्कृष्ट किसानहरुलाई सम्मान गरेको हो । पालिकाको वडा नम्वर ५ का लगनशील कृषि फर्मका शोभाकान्त पौडेल र वडा नम्वर ६ का आइरा झाँक्री कृषि मल्टी फर्म सञ्चालक संगीता मरासिनीलाई उत्कृष्ट कृषककारुपमा सम्मान गरिएको हो । यी दुवैजनालाई एक एक लाख नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । 

    C.jpg      गोपाले गाउँका पौडेलले विगत पाँचवर्षदेखि व्यावसायिक कृषि गर्दै आउनुभएको हो । उहाँले पाँचवटा टनेलमा गोलभेडा र २ वटा टनेलमा काउलीखेति गर्दै आउनु भएको छ । यसकासाथै पोडेलको १ सय ७५ बोट सुन्तला र २ सय बोट कागतीको बगान छन् । योसँगै १ सयबोट टिमुरसमेत पोडेलले लगाउनुभएको छ ।      20230526_172101.jpgयसैगरी आइरा झाँक्री कृषि मल्टी फर्म सञ्चालक मरासिनीले ६० वटा माउसहित बाख्रापालन गर्दै आउनु भएको छ । विगत ५ वर्षदेखि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आउनुभएकी मरासिनीको फर्ममा अहिले साना ठूला गरेर १ सय बीस बाख्रा छन् । 
    यसैगरी गाउँसभाका अवसरमा पालिकाको लोगो निर्माता वडा नम्वर ५ निवासी जीवन वाग्लेलाई पनि बिरुवा गाउँपालिकाले सोही अनुसार सम्मान गरेको छ ।

    images

    मंगलवार, माघ १६ २०८००६:५८:२९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend