Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आठौं वालिङ महोत्सव २०८० को गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा समुद्घाटन हुने

आठौं वालिङ महोत्सव २०८० को गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा समुद्घाटन हुने

  • गोपाल जिटी
  • बुधवार, माघ १७ २०८०


  • आठौं वालिङ महोत्सव २०८० को गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा समुद्घाटन हुने

    माघ १७, वालिङ
           स्याङ्जाको वालिङमा भोलि माघ १८ गतेदेखि आठौं वालिङ महोत्सव सुरु हुँदैछ । यही माघ २८ सम्म वालिङ खेलमैदानमा सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा समुद्घाटन गरिने आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभएको छ ।
    हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मूल नारासहित आठौं संस्करणको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेठले जानकारी दिनुभयो । २०७५ सालमा सातौं संस्करण पछि पाँचवर्षको अन्तरालमा आयोजना हुँदैगर्दा आम नागरिकहरुमा उत्साह छाएको अध्यक्ष श्रेठले उल्लेख गर्नुभयो । महोत्सवलाई समग्र वालिङवासीकै महान चाडकारुपमा लिइएकाले वालिङस्थित बिभिन्न संघ संस्था, राजनीतिक दल, युवा क्लवहरुलगायत आम नागरिकहरु उत्साहकासाथ महोत्सवको तयारीमा जुटेका उहाँको भनाई छ ।     Ww.jpgमहोत्सवका बारेमा जानकारी गराउँदै अध्यक्ष श्रेठले भन्नुभयो—“प्रत्येक दुई वर्षमा सञ्चालन हुँदै आएको महोत्सव विगतका वर्षहरुमा कोरोना महामारीलगायतका प्राविधिक समस्याले निरन्तरता पाउन सकेको थिएन । अहिले पाँचवर्षको अन्तरालमा आयोजित आठौं संस्करणको महोत्सवलाई वालिङवासी आम नागरिकहरुले महाउत्सवकारुपमा मनाउने गरी तयारीमा जुटेका छन् ।”     O.jpgविगतका महोत्सवमा झैं आठौं महोत्सवका लागि वालिङ बजार क्षेत्र धोजा पतकासहित झकिझकाउ भएको छ । वालिङ बजार बेहुली झैं सिङ्गारिएको छ । महोत्सव प्रवेशद्वार लगायत बिभिन्न स्थानमा स्वागतगेटहरु निर्माणसहित बजारका ठाउँ ठाउँमा सजिसजाउ भएका छन् ।
    महोत्सवमा रत्यौलीगीत प्रतियोगिता, डान्स आइडल सिजन थ्री, भजनगीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रदर्शनलगायत राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् । यो रमाइलोसँगै बाल उद्यान, सूचना प्रविधि, कृषि प्रदर्शनी, अटोमोवाइल, शैक्षिक प्रदर्शनीलगायत महोत्सवमा अवलोकन गर्न सकिनेछ ।

    बुधवार, माघ १७ २०८००७:१५:४२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend