Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आठौं वालिङ महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार पशुपति शर्मा एवम् लोकपप गायक सञ्जिव सिं रानाको विशेष प्रस्तुति रहने

आठौं वालिङ महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार पशुपति शर्मा एवम् लोकपप गायक सञ्जिव सिं रानाको विशेष प्रस्तुति रहने

  • गोपाल जिटी
  • शुक्रवार, माघ १९ २०८०


  • आठौं वालिङ महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार पशुपति शर्मा एवम् लोकपप गायक सञ्जिव सिं रानाको विशेष प्रस्तुति रहने

    आठौं वालिङ महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार पशुपति शर्मा एवम् लोकपप गायक सञ्जिव सिं रानाको विशेष प्रस्तुति रहने
    माघ १९, वालिङ
          स्याङ्जाको वालिङमा आठौं संस्करणको महोत्सव सुरु भएको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा वालिङस्थित खेलमैदानमा हिजो बिहिबारदेखि आठौं वालिङ महोत्सव सुरु भएको हो ।
    हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मूल नारासहित वालिङ उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको हो । प्रादेशिक, कृषि, पर्यटन, सांस्कृतिक एवम् औद्योगिक व्यापार मेला २०८० समग्र वालिङकै महाउत्सवकारुपमा लिइएको महोत्सव हो । महोत्सवका अवसरमा व्यापारिक प्रयोजन एवम् प्रदर्शनीका लागि करिव ४ सय स्टलहरु रहेका छन् । कृषिजन्य उत्पादन, हस्तकला सामग्री, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी एवम् फेन्सी आइटमका पसलहरु राखिएका छन् । यसकासाथै विविध प्रतियोगितात्मक कार्यक्रमहरुकोसाथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् ।      Ww.jpgमहोत्सवको दोस्रो दिन आज १९ गते शुक्रबार राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, घनश्याम रिजाल, कृष्ण सुवेदी, अर्जुन थापा, ज्योति लोहोनी, नेत्र गुरुङ, कमला गैरे, नेत्र खड्का, राजेश भण्डारी, जगत गौंडेल र लोकपप गायक सञ्जिव सिं रानाको विशेष प्रस्तुति रहने कलाकार संयोजन उपसमितिका सचिव पिताम्वर खनाल ( शुसिल ) ले जानकारी दिनुभयो ।     Ma.jpgयसैगरी लोक भजनगीत प्रतियोगिता, रत्यौलीगीत प्रतियोगिता, स्याङ्जा डान्स आइडल सिजन थ्रीलगायतका प्रतियोगिताहरु सुरु हुनेछन् भने साथमा विद्यालय स्तरीय नृत्य प्रदर्शन रहने छ ।
    हिजो बिहीबारबाट सुरु भएको महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने छ । तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र करीव दश करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    शुक्रवार, माघ १९ २०८००८:३३:५९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend