Logo

शनिवार, कार्तिक १ गते २०८३

images

‘नगर शिक्षा ऐन शिक्षाको गुणस्तर परिवर्तन गर्न गरेको निर्णय हो’–नगरप्रमुख खाँण

‘नगर शिक्षा ऐन शिक्षाको गुणस्तर परिवर्तन गर्न गरेको निर्णय हो’–नगरप्रमुख खाँण

  • मोहन सुनार
  • शुक्रवार, माघ १९ २०८०


  • ‘नगर शिक्षा ऐन शिक्षाको गुणस्तर परिवर्तन गर्न गरेको निर्णय हो’–नगरप्रमुख खाँण

    माघ १९,वालिङ ।
    वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले नगर शिक्षा ऐन शैक्षिक गुणस्तर वृद्धिको लागि ल्याएको योजना भएको बताउनुभएको छ । 
    बिहिबार स्याङ्जाको वालिङमा आठौँ वालिङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खाँणले नगर शिक्षा ऐन वालिङको विद्यमान शिक्षा नीति तथा अवस्थालाई परिवर्तन गर्दै गुणस्तर वृद्धिको लागि नगर कार्यपालिका र नगरसभाले सर्वसम्मत पारित गरेको ऐन भएको उल्लेख गर्नुभएको हो ।‘शिक्षाको क्षेत्रमा हामीले योजना बनाई सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि योजना बनाई लागुगर्न खोजेका छौं तर केही साथीहरूको असन्तुष्टिका कारण अहिले अदालतमा रहेको विषयलाई म थप बोल्न चाहन्न’ खाँणले भन्नुभयो–‘यहाँहरुले शिक्षा क्षेत्रको आमूल परिवर्तन बिना समाज परिवार व्यक्ति सुधार सम्भव छैन भने र शिक्षाको गुणस्तर परिवर्तन गर्न गरेको निर्णयको रुपमा लिइदिन हुन अनुरोध गर्न चाहन्छु ।’नगरप्रमुख खाँणले नगरपालिकाले शिक्षाको सुधारात्मक परिवर्तनलाई प्राथमिकतामा लिएको र त्यसलाई परिवर्तन गरेर छाड्ने जिकिर गर्नुभयो । 
    उहाँले नगरविकासमा योजनाहरुले गति लिएको उल्ल्ेख गर्दै विगत ४ वर्ष देखि धूलोको मारमा रहेका राजमार्ग छेउछाउका जनतालाई अबको केही महिनामा कालोपत्रे गरेर मुक्त गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । बहुप्रतिक्षित वालिङ बसपार्क टेण्डर प्रकाशन भएको ,१० वटा वडा कार्यालय पिच सडकले छोएको ,२ वटा निर्माण प्रक्रियामा रहेको र २ वटाको श्रोतको खोजीमा प्रस्ताव पेश गरेको खाँणले जानकारी दिनुभयो ।

    शुक्रवार, माघ १९ २०८००३:११:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend