Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आठौं वालिङ महोत्सवको तेस्रो दिन हजारौं दर्शकको उपस्थिति

आठौं वालिङ महोत्सवको तेस्रो दिन हजारौं दर्शकको उपस्थिति

  • गोपाल जिटी
  • शनिवार, माघ २० २०८०


  • आठौं वालिङ महोत्सवको तेस्रो दिन हजारौं दर्शकको उपस्थिति

    माघ २०, वालिङ
          यही माघ १८ गते बिहिबारदेखि सुरु भएको आठौं वालिङ महोत्सवको आज तेस्रो दिन हजारौं दर्शकको उपस्थिति रह्यो । महोत्सव सुरु भएको तेस्रो दिन हजारौं दर्शकले अवलोकन गरेका आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो । महोत्सव परिसरमा दर्शकहरु भरिभराउ रहेकाले हजारौको संख्यामा उपस्थिति रहेको अनुमान गरिएको संयोजक श्रेष्ठको भनाई छ । विगतका महोत्सवको साख कायम गर्नुकासाथै सभ्य र भव्यरुपमा आठौं संस्करणको महोत्सव सम्पन्न हुनेमा आजको उपस्थितिले सावित गरेको उहाँले उल्लेख गर्नुभयो ।      A.jpg    आजमात्र २० हजार बढीले महोत्सव अवलोकन गरेका संघका सचिव तथा प्रचार प्रसार एवम् कलाकार संयोजन उपसमितिका संयोजक पिताम्बर खनाल ( शुसिल ) ले जानकारी दिनुभयो । वालिङस्थित खेलमैदानमा सञ्चालित आठौं वालिङ महोत्सव २०८० को तेस्रो दिन शनिबार विदा परेकाले पनि दर्शकहरुको भीड लागेको हो । आजमात्र २० हजार बढीले महोत्सव अवलोकन गरेका प्रचार प्रसार एवम् कलाकार संयोजन उपसमितिका संयोजक खनालको भनाई छ ।   B.jpgआज राष्ट्रिय कलाकार पुरुषोत्तम न्यौपानेका गीतले दर्शकहरु मन्त्रमुग्ध पारेको थियो । यसैगरी भिमु गुरुङ, दिनेश क्षत्री, यम नेपाली, सुनिता नेपाली, राजेश भण्डारी, जगत गौंडेललगायतको प्रस्तुतिले दर्शकहरुलाई नचाउनुकासाथै रमाइलो प्रदान गरेको थियो । यस्तै सुगम संगीतका रुपक डोटेलले दर्शकहरुलाई निकै झुमाएको थियो भने दिपक थापाको जादुगरीकोसाथमा हास्य प्रस्तुतिले निकै रोमान्चित बनाएको थियो ।
          प्रतियोगितात्मक कार्यक्रमहरुमा रत्यौलीगीत, लोक भजन एवम् स्याङ्जा डान्स आइडलका प्रतिस्पर्धा भए । जसमा रत्यौलीका २, डान्स आइडलका ३ र लोक भजनगीत अन्तर्गत एक समूहको प्रतियोगिता सञ्चालन भएको हो । बाँकी रहेकाहरुको दैनिकरुपमा प्रतिस्पर्धा गराउँदैजाने संघका उपाध्यक्ष एवम् आठौं वालिङ महोत्सव सांस्कृतिक उपसमितिका संयोजक खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।
          यसैगरी भोलि आइतबार राष्ट्रिय कलाकारहरुमा प्रजापति पराजुली, श्याम राना, मञ्जु विक, नेत्र खड्का, तारा पौडेल, सङ्गीता पौडेल, जगत गौंडेल, राजेश भण्डारी, शान्ति कार्कीको प्रस्तुति रहने छ । यसैगरी पप आधुनिक तर्फ सन्दिप बस्यालकोसाथमा हास्य कलाकार पोखरेली माग्ने धुर्मुसको विशेष प्रस्तुति रहने  प्रचार प्रसार एवम् कलाकार संयोजन उपसमितिका संयोजक खनालले जानकारी दिनुभयो ।W.jpg

    शनिवार, माघ २० २०८००७:२१:०४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend