मिलन भुसाल ।
अजोस २७, रुपन्देही । पर्वत रुपन्देही सेवा समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । पर्वतको कुर्घा घर भई हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा बस्दै आएका चन्द्र पौडेलको साइकलबाट लडेर असोज ९ गते मत्यु भएको थियो ।
मृत्यु भएका चन्द्र पौडेलको परिवारमा आर्थिक समस्या परेको कारण पर्वत रुपन्देही सेवा समाजले सहयोग गरेको हो ।
पौडेलको परिवारलाई विभिन्न ठाउँबाट संकलन गरेको १० लाख १५ हजार ७ सय ४७ रुपैयाँ मंगलबार हस्तान्तरण गरेको समाजले जनाएको छ ।
आर्थिक सहयोग हस्तान्तरण गर्दै समाजका अध्यक्ष एवं व्यवसायी रामकृष्ण शर्माले पर्वतबाट रुपन्देही आएर बसोबास गरेका पर्वतवासी दाजुभाईबाट रकम संकलन भएकोमा सबैलाई धन्यवाद दिदै आगामी दिनमा समेत यसरी नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।