Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आठौं वालिङ महोत्सवमा दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति

आठौं वालिङ महोत्सवमा दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति

  • गोपाल जिटी
  • बिहिवार, माघ २५ २०८०


  • आठौं वालिङ महोत्सवमा दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति

    माघ २५, वालिङ
          स्याङ्जाको वालिङ खेलमैदानमा जारी आठौं वालिङ महोत्सव २०८० मा दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति रहेको छ । यही माघ १८ देखि सञ्चालन भएको महोत्सवमा आज बिहिबार आठौं दिनसम्म सुरुका दिनदेखि नै दर्शकहरुको दैनिकरुपमा उत्साहजनक उपस्थिति रहेको हो ।
    यही २८ गतेसम्म सञ्चालन हुने महोत्सवको आजसम्म आइपुग्दा आठौंदिन पार गरिसकेको छ । महोत्सवमा दैनिकरुपमा दर्शकहरुको भीड लागिरहेको छ । स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुकासाथै स्थानीय प्रतिभाका कार्यक्रम हेर्न पाइने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।w.jpg      यसैबीच आज बिहिबार पनि स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको उनिहरुको उत्साहले देखाएको छ । हरेक प्रस्तुतिमा दर्शकहरु स्वतः स्फूर्तरुपमा नाच्ने, ताली बजाउने र हुटिङ गर्ने जस्ता उत्साहजनक गतिविधीले महोत्सवलाई थप उर्जा प्रदान गरेको स्पष्ट छ ।
    आज राष्ट्रिय कलाकार पूर्णकला विसी र लोक आधुनिक गायक  रमेशराज भट्टराईको प्रस्तुतिमा दर्शकहरु निकै रमाएका थिए । यसैगरी चोलेन्द्र पौडेल, गोपाल जिटी, इन्द्रा गुरुङ, सीता परियारकोसाथमा नृत्यकार सृष्टि बिकको प्रस्तुतिले दर्शकदीर्घालाई  साङ्गीतिक आनन्दकोसाथमा थप मनोञ्जित पारेको थियो ।20240208_174500.jpg      यस्तै कायृक्रमको अन्तमा स्थानीय लाइभ व्याण्डले युवा दर्शकहरुलाई झुमाएको थियो । स्थानीय लाइभ व्याण्डमा हिपप् वालिङ र द ब्रदर्श भकुण्डेको प्रस्तुति रहेको थियो । 
         यसैगरी भोलि २६ गते शुक्रबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकासाथै थप आकर्षणमा राष्ट्रिय कलाकारहरु बद्री पङ्गेनी,रामजी पौडेल, तुलसा जिसी, सरस्वती लामिछाने, बालकृष्ण वाग्ले र पप आधुतिक तर्फ एञ्जिला रेग्मीको प्रस्तुति रहने महोत्सवका कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो । देश विदेशमा मन जित्न सफल हास्य कलाकार धुर्मुस सुन्तली एवम् पछिल्लो समयकि चर्चित डान्सर अस्मिता रनपाल र रोशन बिसीको विशेष प्रस्तुति रहने कलाकार संयोजन उपसमितिका संयोजक खनालले बताउनुभयो ।

    बिहिवार, माघ २५ २०८००७:२१:३६

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend