फागुन १, वालिङ
हामी नेपालीहरुको धरातल कृषि नै भएकाले कृषि कर्म गर्नुपर्ने गण्डकी प्रदेश मन्त्री महेन्द्र ध्वज जिसीले बताउनु भएको छ । हामी जो जहाँ छौं, हाम्रो सुरुवात अथवा सुरुवात कृषिबाटै भएकाले कृषि कर्म गर्नुपर्ने गण्डकी प्रदेशका कृषि मन्त्री जिसीले बताउनु भएको हो ।
स्मार्ट प्रविधीयुक्त आलु प्रवद्र्धन कार्यक्रम अन्तर्गत आलु अनुगमनकाक्रममा स्याङ्जाको चापाकोट नगरपालिका वडा ८ मा कृषकहरुसँगको अन्तरक्रियात्मक कार्यक्रममा सम्वोधन गर्दै गण्डकी प्रदेशका कृषि मन्त्री जिसीले उक्त कुरा बताउनु भएको हो । हामी कृषि मै निर्भर छौं भन्दै गण्डकी प्रदेशका कृषि मन्त्री जिसीले अहिले जतिसुकै कुरा गरेपनि खानेकुरा भएन भने हाम्रो अरु कुनै समृद्धिले काम नगर्ने बताउनुभयो । त्यसैले खानेकुरा जीवनको पहिलो सर्त भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो—”खान पाइएन भने जनिसुकै गाडी घोँडा दौडाएर, बाटो पीच गरेर या हेलिकप्टर उडाएर पनि कुनै काम छैन । पहिले हामी बाँच्नु प¥यो, बाँच्नको लागि कृषि अपरिहार्य छ । त्यसैलै हाम्रो आधार भनेको कृषि नै हो ।“
अमेरिका, चीन, भारतलगायत विश्वका विकसित मुलुकहरु पनि कृषिबाटै माथि उठेको दृष्टान्त व्यक्त गर्दै गण्डकी प्रदेशका कृषि मन्त्री जिसीले कृषि प्रधान देशका हामी नेपालीहरु कृषि कर्ममा लाग्न उहाँले जोड दिनुभयो ।
चापाकोटका किसानहरुले आँफूहरुले सोंचेभन्दा पनि बढि मेहेनत, श्रम र लगानीमा काम गरेर उत्पादनमा लागेकोमा गण्डकी प्रदेशका कृषि मन्त्री जिसीले धन्यवादसहित किसानहरुको प्रशंसा गर्नुभयो ।
चापाकोटको क्वामी र छिपछाप क्षेत्रमा ५ सय रोपनीमा लगार्ईएका आलुखेतिको मङ्गलबार गण्डकी प्रदेशका कृषि मन्त्री जिसी, गण्डकी प्रदेशका माननीय सांसदहरु र कृषि ज्ञानकेन्द्र स्याङ्जाद्वारा अनुगमन गरिएको थियो । गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय हुँदै कृषि ज्ञानकेन्द्र स्याङ्जाबाट औद्योगिक आलु प्रवद्र्धन कार्यक्रम अनुसार चापाकोटमा लगाइएका आलुको अनुगमनसँगै किसानहरुसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँण (इश्वर) लगायत जनप्रतिनिधी र किसानहरुको सहभागिता रहेको थियो ।