Logo

शनिवार, कार्तिक १ गते २०८३

images

चापाकोट महोत्सवमा दर्शकहरुको उत्साहजनक उपस्थिति

चापाकोट महोत्सवमा दर्शकहरुको उत्साहजनक उपस्थिति

  • गोपाल जिटी
  • शुक्रवार, फाल्गुण ४ २०८०


  • चापाकोट महोत्सवमा दर्शकहरुको उत्साहजनक उपस्थिति

    फागुन ४, वालिङ 
        फागुन ३ गते बिहिबारदेखि सुरु भएको दोस्रो चापाकोट महोत्सव एवम् व्यापारमेला २०८० को दोस्रोदिन शुक्रबार दर्शकहरुले उत्साहजनक उपस्थिति जनाएका छन् । स्याङ्जा जिल्लाकै भित्रि मधेशकारुपमा लिइने चापाकोटस्थित गङ्गालाल माविको खेलमैदानमा चापाकोट उद्योग वाणिज्य संघद्वारा हाम्रो शान, हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान भन्ने मूल नारासहित सञ्चालन गरिएको महोत्सवमा दर्शकहरुले उत्साहजनकरुपमा उपस्थित भएका हुन् । 
    गाउँ– गाउँमा उत्पादित कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २ सय ५० स्टलहरु राखिएका छन् ।
        मेलामा कृषि प्रदर्शनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रदर्शनी, रत्यौलीगीत, लोक भजन, चापाकोट डान्स आइडल, वक्तृत्वकला एवम् जिल्लास्तरीय भलिवल प्रतियोगिता राखिएका छन् । यसैगरी दैनिकरुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने महोत्सवका सूचना तथा सञ्चार उप समितिका संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।
        महोत्सवको दोस्रो दिन शुक्रबार राष्ट्रिय कलाकारहरु दुर्गेस थापा, रामजी पौडेल, तुलसा जिसी, सरस्वती लामिछाने, जगत गौडेलकोसाथमा नृत्याङ्गना सृष्टि बिश्वकर्माको प्रस्तुति रहेको थियो । 
        यसैगरी शनिबारदेखि लोक भजनगीत, रत्यौलीगीत, चापाकोट डान्स आइडल, बक्तृत्वकलालगायतका प्रतियोगिताहरु सुरु हुने महोत्सवका सूचना तथा सञ्चार उप समितिका संयोजक रेग्मीले बताउनुभयो ।
        फागुन ३ गते बिहिबारदेखि सूरु भएको “दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८०” फागुन १३ गतेसम्म सञ्चालनमा हुनेछ ।FB_IMG_1707899842838 (1).jpg

    शुक्रवार, फाल्गुण ४ २०८००७:१५:५१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend