फागुन ६, वालिङ
स्याङ्जाको चापाकोटमा जारी दोस्रो चापाकोट महोत्सव एवम् व्यापारमेला २०८० मा दर्शकहरुको उपस्थितिसँगै रौनकता बढिरहेको छ ।
हाम्रो शान, हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान भन्ने मूल नारासहित चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा दैनिकरुपमा दर्शकहरुको उत्साहजनक उपस्थितिले रौनकता बढ्दै गएको हो । २०७५ सालमा पहिलो महोत्सव सञ्चालन गरको चापाकोट उद्योग वाणिज्य संघले अहिले दोस्रो संस्करणको महोत्सव आयोजना गरेको हो । पाँचवर्षको अन्तरालमा भएको र चापाकोटवासीको महोत्सव प्रतिको चासो र रुचिका कारण दोस्रो संस्करणको महोत्सव सफतातर्फ उन्मुख रहेको महोत्सव मूल ओयोजक समितिका संयोजक एवम् आयोजक संस्थाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । जिल्लाको दक्ष्ािँण पूर्वमा रहेको चापाकोट पूर्वी पाल्पाको रामपुरलगायतकोसमेत पायक पर्ने क्ष्ँोत्र हो । यो क्षेत्रको व्यापार प्रवद्र्धनसँगै स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने भएकाले र यति ठूलो क्षेत्रका नागरिकहरुको चाहनालाई मध्यनजर गर्दै सञ्चालन भएको महोत्सव भव्यरुपमा सफल हुने विश्वास रहेको अध्यक्ष रानाको भनाई छ ।
गाउँ– गाउँमा उत्पादित कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २ सय ५० स्टलहरु राखिएका छन् ।
मेलामा कृषि प्रदर्शनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रदर्शनी, रत्यौलीगीत, लोक भजन, चापाकोट डान्स आइडल, वक्तृत्वकला एवम् पहिलो पटक राष्ट्रियस्तरका खेलाडीहरुको सहभागितामा खुल्ला भलिवल प्रतियोगिता राखिएका छन् । यसैगरी दैनिकरुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती महोत्सवका आकर्षण रहेका छन् ।
महोत्सवको चौथो दिन आइतबार राष्ट्रिय कलाकारहरु कृष्णा गुरुङ, राजन कार्की, बालकृष्ण वाग्ले, कमला गैरे, जगत गौडेलकोसाथमा नृत्याङ्गना ममता तामाङको प्रस्तुतिले दर्शकहरु नचाएको थियो ।
यसैगरी सोमबारको आकर्षणमा श्याम राना, सुनिता नेपाली, नेत्र खड्का, आधुनिक गायक याम नेपालीकोसाथमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तलीको बेजोड प्रस्तुति रहने महोत्सवका सूचना तथा सञ्चार उप समितिका संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।
यस्तै चीरपरिचत बरिष्ठ कार्यक्रम सञ्चालक नेत्रपाणी बास्तोलाकोसाथमा भजनगीत, रत्यौलीगीत, चापाकोट डान्स आइडल, बक्तृत्वकलालगायतका प्रतियोगिताहरु रहने छन् ।
फागुन ३ गते बिहिबारदेखि सूरु भएको “दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८०” फागुन १३ गतेसम्म सञ्चालनमा हुनेछ ।