Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एकवर्ष भित्र पैयूँ ५ लाई बालमैत्री वडा बनाउन  साझा प्रतिबद्धता 

एकवर्ष भित्र पैयूँ ५ लाई बालमैत्री वडा बनाउन  साझा प्रतिबद्धता 

  • मोहन सुनार
  • सोमवार, फाल्गुण ७ २०८०


  • एकवर्ष भित्र पैयूँ ५ लाई बालमैत्री वडा बनाउन  साझा प्रतिबद्धता 

    फागुन ७, पर्वत । पैयूँमा बालमैत्री स्थानीय  शासनसम्बन्धी अभिमुखीकरण गरिएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना र पैयूँ गाउँपालिकाको समन्वयनमा पैयूँ ५ का जनप्रतिनिधि, बाल क्लब, विद्यालयका प्राध्यापक, विद्यार्थी, टोल विकास  संस्था र  राजनीतिक दलका प्रतिनिधिहरुलाई बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण गरिएको हो । 

    429107558_736190721814295_550443481064147456_n.jpg
    कार्यक्रममा बाल सहभागिता र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका साथै अन्य बालबालिकालाई बालमैत्री स्थानीय शासनको अवधारणामा मूलप्रवाहीकरण र समावेशीकरणका विषयबारे प्रस्तुति वद्रि वाग्लेले गर्नु भएको थियो ।

    images

    426886967_962194621999674_2186504023379598899_n.jpg

    427168437_1076310630287100_2117082782921983969_n.jpg

    426724397_362001666714535_239992771935423898_n.jpg
    कार्यक्रममा  गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्याल, पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष याम कुमारी राना, सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टंक प्रसाद ढकाल, पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव रिमाल लगायतले बालमैत्री स्थानीय शासन बाल सहभागितासहित बालबालिकाको अधिकार प्रभावकारी र दीर्घकालीन रुपमा स्थापित गर्ने बताउनु भयो  । 

    साथै पाँच नम्बर वडालाई एकवर्ष भित्र बालमैत्री वडा घोषणा गर्ने साझा प्रतिबद्धता गरिएको वडा अध्यक्ष निर्भीक नारायण भुर्तेलले बताउनु भयो ।

    सोमवार, फाल्गुण ७ २०८००६:४१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend