Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भलिबल प्रतियोगिताले रौनकता ल्यायो, चापाकोट महोत्सव सफलोन्मुख

भलिबल प्रतियोगिताले रौनकता ल्यायो, चापाकोट महोत्सव सफलोन्मुख

  • गोपाल जिटी
  • शुक्रवार, फाल्गुण ११ २०८०


  • भलिबल प्रतियोगिताले रौनकता ल्यायो, चापाकोट महोत्सव सफलोन्मुख

    गोपाल जिटी
    फागुन ११, वालिङ 
        स्याङ्जाको चापाकोटमा जारी दोस्रो चापाकोट महोत्सव एवम् व्यापारमेला २०८० सफल उन्मुख रहेको छ । स्थानीय प्रतिभाका प्रतियोगितात्मक कार्यक्रमको साथमा दैनिक राष्ट्रिय कलाकारहरुका प्रस्तुति रहेको महोत्सवमा दर्शकहरुको आकर्षण बढिरहेको छ । यसैगरी राष्ट्रिय खेलाडीहरुको सहभागितामा सञ्चालित खुला भलिबल प्रतियोगिताले महोत्सवमा थप रौनकता ल्याएको छ । स्टेज कार्यक्रमसँगै भलिबल खेल हेर्नेहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।
         गाउँमा उत्पादित कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २ सय ५० स्टलहरु राखिएका छन् ।
        मेलामा कृषि प्रदर्शनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रदर्शनी, रत्यौलीगीत, लोक भजन, चापाकोट डान्स आइडल, वक्तृत्वकला एवम् खुला भलिवल प्रतियोगिता राखिएका छन् । योसँगै दैनिकरुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीकोसाथमा सञ्चालित भलिबल प्रतियोगिताले दर्शकहरुलाई थप आकर्षित गरेको महोत्सवका चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना पुरनले बताउनुभयो ।ooooo.jpg
         महोत्सवको नवौं दिन शुक्रबार राष्ट्रिय कलाकारहरु बद्रि पङ्गेनी, घनश्याम रिजाल, शान्ता बर्देवा, मनु राना, जगत गौडेलकोसाथमा चर्चित मोडल एवम् नृत्याङ्गना अस्मिता रनपालको प्रस्तुतिले दर्शकहरुलाई निकै हौस्याएको थियो । 
    आधुनिक गायक सन्दिप बस्यालकोसाथमा द कालरात्री व्याण्डका सृजन खत्री ( हाउडे मयाँ ) को प्रस्तुतिमा युवा दर्शकहरुलाई निकै रमाइलो गराएको थियो । 
         फागुन ३ गते बिहिबारदेखि सूरु भएको “दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८०” फागुन १३ गते समापन गरिने महोत्सव मूल आयोजक समितिका संयोजक एवम् आयोजक चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।FB_IMG_1707899842838 (1).jpg

    शुक्रवार, फाल्गुण ११ २०८००७:०८:२०

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend