Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा स्केट पार्क सञ्चालनमा

वालिङमा स्केट पार्क सञ्चालनमा

  • PNN Times
  • शुक्रवार, फाल्गुण १८ २०८०


  • वालिङमा स्केट पार्क सञ्चालनमा

    तोलाकान्त बगाले
    वालिङ, १८ फागुन ।
    स्याङ्जाको वालिङ ८ घुम्तिमा आजबाट वालिङ स्केट पार्क सञ्चालनमा आएको छ । बिएनसी स्केट ग्रुपले स्याङ्जाको वालिङमा पाँचौं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको सञ्चालक अमृतकुमार भट्टराईले बताउनुभयो ।विशेषगरी बालबालिकाको शारीरिक र मानसिक स्फूर्ति बढाउने उद्देश्यसहित स्केट पार्क सञ्चालन गरिएको हो ।

    420536108_952742069542968_3754244414147829044_n.jpg
    “बालबच्चाहरुको मोबाईल तथा ईन्टरनेटमा आउने गेमहरुमा लत बस्दै गएको छ” उहाँले भन्नुभयो, “विशेषगरी बालबच्चालाई मोबाईलको लतबाट हटाउँदै शारीरिक, मानसिक तथा शरीरलाई ब्यालेन्समा राख्नकालागि यसले महत्वपूर्ण भूमिका हुनेमा विश्वस्त छौं ।”उक्त ग्रुपले पाँच वर्षकालागि जग्गा भाडामा लिएर ४५ लाखको लगानीमा स्केट पार्क सञ्चालन गरेको हो ।
    रुपन्देहीको भैरहवा, अमुवा, कोटिहवा र नवलपुरको वर्दघाटमा स्केट पार्क सञ्चालन गरिसकेको उक्त गु्रुपले वालिङमा पाँचौं शाखा विस्तार गरेको हो ।“यसअघि सञ्चालनमा आएका ठाउँहरुमा धेरैको आकर्षण बढ्दै गएको छ” उहाँले भन्नुभयो, “अन्य ठाउँमा भएको सफलतासँगै वालिङमा पनि आवश्यकता महशुस गरी पहिलो पटक नयाँ खेल भित्र्याईएका हौं ।”उद्घाटनका दिन ५० प्रतिशतसम्म टिकटमा विशेष छुट दिईएको थियो । उद्घाटनको केही अवधिसम्म विशेष छुट दिने तयारीमा ग्रुप रहेको छ ।

    images

    421958066_413839217832831_2419779377633505375_n.jpg
    स्केट खेल्न चाहनेहरुकालागि साप्ताहिक, पाक्षिक, मासिक प्याकेजको ब्यवस्था रहेको छ । प्रतिघण्टा रु. दूई सय शुल्क निर्धारण गरिएको छ ।स्केट पार्कको आज वालिङ नगरपालिका ८ का वडा अध्यक्ष दामोदर तिवारीले उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै उहाँले वालिङमा नयाँ खेल भित्रिएको र यो यहाँको आवश्यकता पनि भएको बताउनुभयो ।
    कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष डण्डु पंगेनी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी, हस्तकला ब्यवसायी एवम् उद्यमी दुर्गा न्यौपानेले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    420536108_952742069542968_3754244414147829044_n (1).jpg

    शुक्रवार, फाल्गुण १८ २०८००६:३९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend