Logo

शनिवार, कार्तिक १ गते २०८३

images

शीतला माविको वार्षिकोत्सव, साहित्यकार एवम् पत्रकारलाई सम्मान

शीतला माविको वार्षिकोत्सव, साहित्यकार एवम् पत्रकारलाई सम्मान

  • गोपाल जिटी
  • मंगलवार, फाल्गुण २२ २०८०


  • शीतला माविको वार्षिकोत्सव, साहित्यकार एवम् पत्रकारलाई सम्मान

    फागुन २२, वालिङ
         स्याङ्जाको शीतला माध्यमिक विद्यालयले ५० औं वार्षिकोत्सव मनाएको छ । २०३१ सालमा स्थापना भएको पुतलीबजार नगरपालिका वडा नम्वर ५ पौवैगौंडेमा रहेको माविले आज मङ्गलबार आफ्नो ५० औं वार्षिकोत्सव मनाएको हो । 
        कार्यक्रममा सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य माननीय राजु थापाले भौतिक विकाससँगै चेतनाको विकास आवस्यक रहेको बताउनुभयो । सबैभन्दा पहिला चेतनाको विकास हुनसक्यो भने मात्र सबैखाले विकासले गतिलिने सांसद थापाको भनाई छ । आजको प्रतिस्पर्धाको समयमा सामुदायिक विद्यालयहरुले पनि अङ्ग्रेजी माध्यमको पढाइलाई प्राथमिकता दिनुपर्ने सांसद थापाले उल्लेख गर्नुभयो । यसका साथै गुणस्तरीय शिक्षाका लागि शिक्षकसँगै अभिभावक, सामाजिक अभियन्तालगायतको सहयोग आवस्यक रहने उहाँले औंल्याउनुभयो ।Ss.jpgकार्यक्रममा साहित्यकार एवम् पत्रकारलाई सम्मान गरिएको छ । यस अवसरमा बाल साहित्यकार डा. अच्युतशरण अर्याल सम्मानित हुनुभएको हो । विद्यालयमा स्थापित मानबहादुर÷कृष्णाकुमारी ट्रष्टद्वारा प्रदान गरिने साहित्यकार पुरस्कार तर्फ वालिङ ८ का अर्याललाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
         नेपाली बाल साहित्यको रुपरेखा, प्रमाणवाद, किशोर साहित्य, नेपाली बाल साहित्यकार कोश, भाषाशोध पद्धति, संस्कृत बाल साहित्य, नेपाली शिशु साहित्यः पृष्ठभूमि र परम्परा डा. अर्यालका बाल साहित्य सम्बन्धी कृति हुन् । आँधिखोला लामो कविता, श्रवणकुमार बाल काव्य, आदिमभूमिः लामो कविता, अझेटाका बान्कीहरु ( आत्मपरक निबन्ध संग्रह ) लगायतका दर्जनौ पुस्तक प्रकाशन गर्नुभएका अर्याल यस अघि बिभिन्न राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भैसक्नु भएको छ ।
    ट्रष्टले विद्यालयको वार्षिकोेत्सवका अवसरमा नगद रु.१० हजारसहित सम्मानपत्रले डा. अर्याललाई सम्मान गरेको हो । sss.jpg     यसैगरी पत्रकारिता पुरस्कार अन्तर्गत पोखरा टेलिभीजनका माधवप्रसाद रेग्मीलाई सोही अनुसार सम्मान गरिएको छ । यसकासाथै लगनशील एवम् मेहेनती शिक्षक शिक्षिका, विद्यार्थी, विद्यालयका आजीवन सदस्य तथा अभिभावकलाईसमेत पुरस्कृत गरिएको थियो ।ssss.jpg    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमप्रकाश शर्माले विद्यालयको वार्षिक गिितविधि एवम् प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    मंगलवार, फाल्गुण २२ २०८००६:०२:२८

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend