Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रेडियो सुन्ने वातावरण सिर्जना गर्न रेडियो वितरण

रेडियो सुन्ने वातावरण सिर्जना गर्न रेडियो वितरण

  • गोपाल जिटी
  • शनिवार, फाल्गुण २६ २०८०


  • रेडियो सुन्ने वातावरण सिर्जना गर्न रेडियो वितरण

    फागुन २६, वालिङ
         आँधीखोला संचार सहकरी संस्था लिमिटेड तथा रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ ले रेडियो वितरण गरेको छ । संस्थाको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अविधेशनको अवसरमा आफ्ना सदस्यहरुलाई रेडियो वितरण गरेको हो । सञ्चार जगतमा रेडियोको भूमिका अतुलनीय रहेको भन्दै पछिल्लो समय सामाजिक संजालहरुको विकास भईरहेका बेला रेडियोलाई समय सापेक्ष अगाडि बढाउँदै रेडियो सुन्ने बानीको विकास गर्न रेडियो वितरण गरिएको संस्थाले जनाएको छ ।
    शनिबार संस्थाको १८ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले रेडियोको माध्यमबाट नागरिकलाई सचेत गराएको बताउनुभयो । रेडियोले देश विदेशमा भईरहेका घटनाक्रमलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति अर्यालले उल्लेख गर्नुभयो ।R.jpg     २०६३ सालमा स्थापना भएको रेडियो आँधीखोला स्याङ्जामै पहिलो संचार संस्थाको रुपमा स्थापित भई अहिलेसम्म निरन्तर रुपमा नागरिकलाई सुसूचित बनाउँदै आएको सभापति अर्यालले औंल्याउनुभयो ।
    शनिबार साधारणसभा सम्पन्न गरेको संस्थाले नयाँ सञ्चालक समितिको चयनका लागि निर्वाचनको कार्यक्रम आइतबार गर्ने भएको छ । आइतबार बिहान ८ बजे  उमेदवारी मनोनयन गरिने छ भने दिउसो ११ बजेदिखि निर्वाचन प्रकृया अन्तर्गत मतदानको कार्यक्रम अगाडि बढाइने निर्वाचन समितिका संयोजक ध्रुव शर्मा पङ्गेनीले जानकारी गराउनुभयो । 

    शनिवार, फाल्गुण २६ २०८००७:१९:३५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend