Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आँधिखोला सञ्चार सहकारीको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

आँधिखोला सञ्चार सहकारीको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

  • गोपाल जिटी
  • आइतवार, फाल्गुण २७ २०८०


  • आँधिखोला सञ्चार सहकारीको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन

    फागुन २८, वालिङ
         स्याङ्जाको वालिङमा रहेको आँधिखोला सञ्चार सहकारी संस्थाको छैटौं अधिवेशन सम्पन्न भएको छ । संस्थाको आइतबार सम्पन्न अधिवशनले आगामी ४ वर्षे कार्यकालका लागि सर्वसम्मतले नयाँ सञ्चालक समिति चयन गरेको हो ।
    शान्ता थापाको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ । संस्थाको  उपाध्यक्षमा ताराप्रसाद श्रेष्ठ, सचिव हिमलाल पराजुली र कोषाध्यक्षमा विमल अर्याल रहनुभएको छ । यसैगरी सदस्यहरुमा अमृतप्रसाद खनाल, लोकनाथ अर्याल, श्रीकृष्ण सिग्देल, ध्रुव पङ्गेनी, हिमबहादुर विक, टङ्कप्रसाद तिवारी, चक्रबन्धु रेग्मी, ओमप्रसाद शर्मा र गोपाल जिटी सर्वसम्मत चयन भएका हुन् । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा तोयनारायण रेग्मी रहनुभएको छ भने सदस्यहरुमा छायाँदेवी अधिकारी र खुमा कोइराला अर्याल चयन भएका छन् । 
    संस्थाको नयाँ सञ्चालक एवम् लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएको छैटौं अधिवेशनका निर्वाचन मण्डलका संयोजक धु्रव शर्मा पङ्गेनीले जानकारी दिनुभयो । 
         यस आँधिखोला सञ्चार सहकारी संस्था लिमिटेडको सञ्चालक समिति एवम् लेखा सुपरिवेक्षण समितिको आगामी चारवर्षे कार्यकालका लागि आवस्यक संख्या अनुसार उमेदवारी परेको निर्वाचन समितिले निकालेको सूचनामा जनाइएको छ । आवस्यक संख्यामा मात्र उमेदवारी परेकाले सर्वसम्मत नयाँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएको निर्वाचन समितिद्वाराजारी सूचनामा उल्लेख गरिएको छ । 
        २०६३ सालमा स्थापित सहकारी संस्थाले सामुदायिक रेडियो आँधिखोला १०५.४ मेगाहर्ज मार्फत एफ एम रेडियो सञ्चालन गर्दै आएको छ । ४ सय ६४ जना शेयर सदस्य रहेको सहकारीले शनिबार १८ औं वार्षिकोत्सवसहित आइतबार छैटौं अधिवेशन सम्पन्न गरेको हो । स्याङ्जामै पहिलो संचार संस्थाको रुपमा आँधिखोला सञ्चार सहकारी रहेको छ । 

    आइतवार, फाल्गुण २७ २०८००२:३८:१७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend