Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भेषजराज साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कार प्रदान

भेषजराज साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कार प्रदान

  • गोपाल जिटी
  • सोमवार, फाल्गुण २८ २०८०


  • भेषजराज साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान तथा पुरस्कार प्रदान

    फागुन २८, वालिङ
        भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको नियमित रचना वाचनको ७० औं शृङ्खला अन्तर्गत सोमबार वालिङमा आयोजित कार्यक्रममा दुईजना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको हो । 
        कार्यक्रममा नेपाली साहित्यमा प्रमुख समालोचककारुपमा परिचित डा.रजनी काफ्ले ढकाललाई भेषजराज साहित्य पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको छ । डा.रजनीका निबन्ध, सिद्धान्त, गीत, कवितालगायतका दर्जनौं कृति प्रकाशित छन् । B2.jpg     यसैगरी शान्ति सापकोटालाई भेषजराज साहित्य सम्मानद्वारा सम्मानित गरिएको छ । सम्मानित हुनुभएकि सापकोटाका कविता, कथा संग्रह, बाल कवितालगायत कृतिहरु प्रकाशित छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शन विभाग प्रमुख डा.कृष्णराज अधिकारी, वालिङ ११ का वडा अध्यक्ष डण्डपानी पङ्गेनी र साहित्यकार देविप्रसाद वनवासीले संयुक्तरुपमा सम्मान एवम् पुरस्कार प्रदान गर्नुभएको हो ।
        कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. अच्युतशरण अर्यालले “भेषजराज शर्माका काव्यकृतिमा दर्शन” शिर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गोष्ठीपत्र तयारी आफू र श्यामप्रसाद ढुङ्गानाले तयार पारिएको डा. अर्यालले जानकारी गराउनुभयो । गोष्ठीपत्रमा भेषजराज अर्यालको जीवनी, बनारसयात्रा, जागिरे जीवन, शिक्षक जीवन, निवृत्त जीवनयात्रा समन्वयात्मक बहुल दर्शन, काव्यकृति, फुटकर कवितामा दर्शन तथा भौतिकवादी एवम् द्वन्द सिद्धान्त लगायतका विषय समेटिएको थियो । डा.अर्यालद्वारा प्रस्तुत गोष्ठीपत्रमाथि परसुराम कोइराला र नारायण मरासिनीले टिप्पणी राख्नुभएको थियो । यसैगरी अक्षयकोषका लागि दिनेश अर्यालले रु.५१ हजार १ सय ५१ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भेषजविन्दु साहित्यिक अक्षयकोषमा थप गर्नका लागि व्यक्तिगतरुपमा अर्यालले चेक हस्तान्तरण गर्नुभएको हो । B3.jpg“संस्कृति, भाषा र साहित्यको संवद्र्धन, भेषजराज साहित्य प्रतिष्ठानको अभियान” भन्ने मूल नारासहित स्रष्टा सम्मान, पुरस्कार समर्पण, कृति चर्चा परिचर्चा, भेषजराज शर्माका काव्य कृतिमा दर्शन विषयक कार्यपत्र प्रस्तुति एवम् नियमित रचनावानको ७० औं शृङ्खला कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको सहआयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको हो ।
        कार्यक्रममा सम्मानित स्रष्टाकासाथै लेखनाथ काफ्ले, पाल्पाका साहित्यकार कृष्णमानसिं श्रेष्ठ, शम्भु अर्याल, सगुन कविता संग्रहकि लेखिका दुर्गा थापा, कमल बगाले, बोधराज न्यौपाने, दमकला बगाले लगायतले आ—आफ्ना रचनावाचन गरेका थिए । 

    सोमवार, फाल्गुण २८ २०८००६:१६:३१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend