Logo

शनिवार, कार्तिक १ गते २०८३

images

आगलागीबाट क्षति भएका परिवारलाई पालिकाद्वारा अत्यावस्यक सामग्री प्रदान

आगलागीबाट क्षति भएका परिवारलाई पालिकाद्वारा अत्यावस्यक सामग्री प्रदान

  • PNN Times
  • मंगलवार, फाल्गुण २९ २०८०


  • आगलागीबाट क्षति भएका परिवारलाई पालिकाद्वारा अत्यावस्यक सामग्री प्रदान

    फागुन २९, वालिङ
        पर्वतको पैयूँ गाउँपालिकाले आगलागीबाट क्षति भएको परिवारलाई तत्काल अत्यावस्यक सामग्री उपलव्ध गराएको छ । गाउँपालिकाको १ नं. वडास्थित टकलाक, सिंगारकोष निवासी कौशिला रानाको घरमा आइतबार राती एक्कासी आगलागी हुँदा भएका अधिकांश सामान जलेर नष्ट भएको थियो । गाउँपालिकाद्वारा परिवारका ८ जना सदस्यका लागि खाद्यान्न, तरकारी, लत्ता कपडा, त्रिपाल लगायत सामग्रीहरु उपलब्ध गराइएको छ ।P1.jpg     राती करिब १ः३० बजेको समयमा आगलागी भएको र स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भइ आगलागी हुँदा घरमा एक्कासी आगलागी भएको हो । आगलागीबाट मानवीय र पशुधनको क्षति नभएको र तीन तले घरको दोस्रो र सिरानको तला जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।
        तत्कालका लागि अत्यावस्यक सामग्री प्रदान गरिएको र थप सहयोग उपलव्ध गराउने गाउँ पालिकाले जनाएको छ ।

    मंगलवार, फाल्गुण २९ २०८००४:३०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend