Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ नगरपालिकाले कृषकलाई दूधमा १० रुपैया अनुदान दिने

वालिङ नगरपालिकाले कृषकलाई दूधमा १० रुपैया अनुदान दिने

  • सन्देश भण्डारी
  • बुधवार, फाल्गुण ३० २०८०


  • वालिङ नगरपालिकाले कृषकलाई दूधमा १० रुपैया अनुदान दिने

    वालिङ 
    वालिङ नगरपालिकाले कृषकलाई प्रति लिटर दूधमा १० रुपैया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेट मार्फत दूधमा आत्मनिर्भर तथा गाइ भैसी प्रवद्र्धन कार्यक्रम अन्तरगत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्था बीच सम्झौता भएको हो । 
    अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराइएको पास बुकमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दूधमा १० रुपैया उपलब्ध गराउनेछ । नमुना कृषि सहकारीले नगरपलिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३ सय ५० दिन किसानको दूध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेक एक महिनामा दुई पटक संकलित दूधको विवरण वालिङ नगरपालिकालाइ उपलब्ध गराउने छ । दूधको मूल्य नेपाल सरकारले तोकेको  फ्याट र एसएनएफ को आधारमा निर्धारण गर्ने छ ।
     सम्झौतामा हस्ताक्षर गर्दे नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाइ दूधमा आत्मनिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाइ अनुदान दिदा किसानसहित युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न उत्साहित हुने विश्वास व्यक्त गर्नुभयो । 
    वालिङ नगरपालिकाले गाई पाल्ने कृषकलाई अधिकतम ५० हजार रुपैयासम्म सहयोग अनुदान दिने पनि जानकारी गराउनुभयो । स्वदेशमै बस्ने र विदेशबाट फर्केका युवाहरुको आकर्षणका निम्ती बजार व्यवस्थापनको ग्यारेन्टी संगै औषधि, बीमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । कृषकहरुको सहजतालाइ मध्यनजर गर्दै दूध संकलन केन्द्र हालको लागि वालिङ नगरपालिका वडा न १२ धनमुढा, वडा न १४ फौदिखोला, वडा न ४ को एलादिमा राख्ने र दूधको उत्पादनको आधारमा संकलन केन्द्र स्थापना गर्ने अकला नमुना कृषि सहकारी संस्थाका अध्यक्ष पुण्य प्रसाद अर्यालले जानकारी दिनुभयो । 
    वालिङ नगरपालिका भित्र ७ सय घरधुरीले गाई÷भैसी पालेर औषतमा दिनको ५ सय लिटर दूध उत्पादन गरी बजारमा बेच्ने नगरपालिकाको कृषि शाखाले अनुमान गरेको छ । 

    बुधवार, फाल्गुण ३० २०८००२:०७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend