चैत १, वालिङ
आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड एवम् रेडियो आँधीखोला वालिङ ८ स्याङ्जाका नवनिर्वाचित सञ्चालक समिति एवम् लेखा सुपरिवेक्षण समितिलाई प्रमाणपत्र वितरण तथा पदस्थापन गरिएको छ । १८औँ साधारणसभा तथा छैटौँ अधिवेसनद्वारा निर्वाचित समितिलाई बिहिबार रेडियो भवनमा एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण तथा पदस्थापन गरिएकोे हो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारीले रेडियोको आफ्नै खालको मूल्य मान्यता रहेको बताउनुभयो । हरेको संस्थाको आ आफ्नै मूल्य र मान्यता हुने भन्दै गण्डकी प्रदेश सांसद तिवारीले रेडियोको छुट्टैखालको मूल्य मान्यता रहेको बताउनुभएको हो । २१ औं शताव्दीमा आएको विकाससँगै रेडियोलाई प्रविधिमय बनाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । २१औँ शताब्दीसम्म आईपुग्दा संचारले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै प्रदेश सांसद तिवारीले बढ्दो प्रविधिको विकास भईरहेका बेला रेडियोलाई समेत समय सापेक्ष रुपमा अगाडि बढाउन आवश्यक रहेको औंल्याउनुभयो । रेडियो स्थापना कालखण्डको स्मरण गर्दै प्रदेश सांसद तिवारीले रेडियोको स्तरवृद्धिका लागि आँपूmले प्रदेश सरकारसंग सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली कांगे्रस गण्डकी प्रदेशका उपसभापतिसमेत रहनुभएकी तिवारीले आफ्नो पार्टीको तर्फबाट तथा प्रदेश सरकारबाट रेडियोको भौतिक विकास एवम् क्षमता विकासका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले वालिङ नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेलले वालिङका संस्थाहरुमध्ये आँधीखोला सञ्चार सहकारी नमूना बन्न सक्नुपर्ने धारणा राख्नुभयो । सञ्चार संस्थाले सकारात्मक संदेश प्रवाहको काम गर्न नवनिर्वाचित समितिलाई उहाँले आग्रह गर्नुभयो ।
एफ एम रेडियो सञ्चालन गर्दै आएको सञ्चार सहकारीले शनिबार १८ औं वार्षिकोत्सवसहित आइतबार छैटौं अधिवेशन सम्पन्न गरेको थियो ।
अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि सर्वसम्मतले शान्ता थापाको अध्यक्ष्तामा नयाँ सञ्चालक समिति चयन गरेको थियो ।