Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा कृषकहरुलाई मकैको बीउ वितरण

रामपुरमा कृषकहरुलाई मकैको बीउ वितरण

  • PNN Times
  • बिहिवार, चैत्र १ २०८०


  • रामपुरमा कृषकहरुलाई मकैको बीउ वितरण

    चैत १, वालिङ

    पाल्पाको रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको बीउ वितरण गरेको छ ।
    नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका बीउ कृषकहरुलाई वितरण गरेको हो । रामपुर क्षेत्रको हावापानीमा उत्पादन हुने र कृषकको मागको आधारमा मकैको बीउ वितरण उपलव्ध गराइएको हो । यो वर्ष पानी कम परेका कारण मकै उत्पादनमा ह्रास आएको र कृषकहरुको राहतका लागि मकैको बीउ वितरण गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । कृषि क्षेत्रको विकास गर्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।  सकेसम्म उत्पादनबाट आम्दानी हुने गरी र नसके पनि आत्मनिरर्भर हुने गरी कृषिजन्य बस्तुको उत्पादन गर्न किसानहरुलाई नगर प्रमुख थापाले आग्रह गर्नुभयो । साथै उहाँले नगरका हरेक बाँझो जमिनलाई उत्पादनमूलक जमिन बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
    नगरपालिकाले नगरभित्रका कृषक र कृषि सहकारी गरी ७ सय १२ जनालाई ८ हजार ८ सय २९ किलो मकैको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले बताउनुभयो ।

    images

    बिहिवार, चैत्र १ २०८००६:५१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend