चैत २, वालिङ
नेकपा एमाले स्याङ्जाले वडागतरुपमा प्रशिक्षणात्मकसहितका भेला कार्यक्रमलाई तिव्रता दिएको छ । यसै शिलशिलामा नेकपा एमाले वालिङ नगर कमिटीले वडागतरुपमा प्रशिक्षणात्मक कार्यक्रम गरिरहेको छ । शुक्रबार वडा नम्वर १४ र ८ मा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
८ नम्वर वडाको वालिङमा भएको कार्यक्रममा बोल्दै पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैहे« पारसले नेकपा एमालेको संगठित सदस्य हुनु भनेको गौरवको कुरा हो भन्ने बुझ्दै र बुझाउँदै जान आवस्यक रहेको बताउनुभयो । पछिल्लो समयमा पार्टीको संगठित सदस्य लिनेहरु बढिरहेको र नयाँ सदस्यता लिनेहरुका लागि पनि एमालेको संगठित सदस्य हुनु भनेको गौरवको कुरा हो भन्ने बुझ्दै र बुझाउँदै जान आवस्यक रहेको उहाँको भनाई छ । सरकारको नेतृत्वमा रहेका समयमा गरेका लोकप्रिय कामहरु र पार्टीको नीति र सिद्धान्त अनुसार चल्ने पार्टी एमाले हो भन्ने धेरैले बुझिसकेको अध्यक्ष गैहे«ले औंल्याउनुभयो । समाजवादको यात्रा टाढा लैजान्छन् कि व्यवहारमा उतार्छन् भन्ने महत्वपूर्ण हुने भन्दै अध्यक्ष गैहे«ले जनप्रतिनिधिहरुले समाजको पक्षमा अगाडि बढ्ने हो भनेर लाग्नुपर्नेमा जोड दिनुभयो । यसैगरी पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य हुम बहादुर गुरुङले संगठनमा बल हुने बताउनुभयो । सबैको बलबाट संगठन बलियो हुन्छ भने समाज परिवर्तनमा काम गर्न सहज हुने उहाँले उल्लेख गर्नुभयो
शुक्रबार भएकासमेत गरी वालिङ नगरका १० वटा वडामा प्रशिक्षणात्मकसहितका भेला कार्यक्रम सम्पन्न गरिसकेको एमाले वालिङ नगर कमिटिका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो । अब बाँकि रहेका वडा नम्वर १,३,६ र १० मा पनि छिट्टै भेला कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो ।
यही चैत २३ र २४ गते नेकपा एमालेले पार्टीको जिल्ला अधिवेशन गर्दै छ । यसपछि क्षेत्र, नगर र वडा कमिटीका अधिवेशनहरु गरिने एमालेले जनाएको छ ।
