Logo

शनिवार, कार्तिक १ गते २०८३

images

हरिनासको आकर्षक गन्तव्य बन्दैः गृहकोटको भैरवथान,

हरिनासको आकर्षक गन्तव्य बन्दैः गृहकोटको भैरवथान,

  • गोपाल जिटी
  • शनिवार, चैत्र ३ २०८०


  • हरिनासको आकर्षक गन्तव्य बन्दैः गृहकोटको भैरवथान,

    चैत ३, वालिङ
        प्राय गरेर कोटघरहरुमा नेपाली परम्परा अनुसार ठूलो दशैं र चैतेदशैंमा पूजाआजा हुने गर्दछन् । तर हरिनासको गृहकोटमा रहेको भैरवथानमा भने सधैंजसो नै पूजाआजा हुने गर्दछ । यहाँको भैरवथानमा सधैंजसो पूजा गरिने परम्परादेखि कै प्रचलन हो ।  स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्वर ४ गृहकोटमा रहेको भैरवथान पूरानो कोटघर हो । यो मन्दिरमा साउन महिना र औंशी एकादशी बाहेक सधैंजसो पूजा आजा हुने गर्दछ । यो मन्दिरमा परापूर्वकालदेखि सिंजाली मगर पूजारी रहँदै आएका छन् । H1.jpg    अग्लो डाँडाको मनोरम स्थलमा रहेको भैरवथान मन्दिर गृहकोटको पुरानो कोट घर भएको यहाँका मूल पूजारी चक्रबहादुर थापा सिंजाली बताउनुहुन्छ । पूजारी सिंजालीका अनुसार भुरे राजाको पालामा स्थापना भएको ऐतिहासिक मन्दिर हो । विक्रम सम्वत १८९१ मा चढाएको त्रिशुल र घण्टले निकै पूरानो मन्दिर भएको पुष्टी हुन्छ । ७१ वर्षीय सिङ्जालीले विगत ४० वर्षदेखि यो मन्दिरमा पूजारी काम गर्दै आउनुभएको छ । आप्mना जिजुबाजेका पालादेखि भैरवथानमा पूजारी काम गर्दै आएकाले आँफूले पनि अग्रजको परम्परालाई निरन्तरता दिएको उहाँको भनाई छ । H2.jpg     भैरवथान मन्दिरमा पूजा आजा एवम् दर्शन गर्नका लागि काठमाडौं पोखरा तथा नेपालको पश्चिमी क्षेत्रबाट पनि आउने गरेका सिंजाली बताउनुहुन्छ । उहाँका अनुसार साउनको महिना, औंशी तथा एकादशी बाहेक सबै दिन भैरवथानमा पूजाआजा हुने गर्दछ । विशेषगरी पूर्णिमा, सप्तमी र पञ्चमी तीथिमा भक्तजनहरु आउने गर्दछन् । यो मन्दिरमा पाडा, पाठा, कुखुरा, हाँस, सुङ्गुर, परेवालगायतको बलि दिने प्रचलन छ । मन्दिर दर्शनका लागि मात्र पनि टाढा टाढादेखि भक्तालुहरु आउने गर्दछन् । यसकासाथै भैरवथान मन्दिर पालिकाकै एक आकर्षक गन्तव्य बनेको छ । H3.jpg     मन्दिर छानो बिना रहनु भैरवथानको विशेषता हो । भैरवले खुल्ला बस्न चाहने भएकाले छानो बिनाको मन्दिर रहेको पूजारी सिंजालीको भनाई छ । २०४५ सालमा आएर यो मन्दिरको पुनर्निर्माण गरिएको हो । गाउँपालिकाले सडकदेखि माथि सिंढी ( पैदलमार्ग ) बनाएसँगै मन्दिर जानका लागि सहज भएको छ । यहाँ आई भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यसैले धेरै टाढादेखि पनि भक्तालुहरु पूजा आजा तथा दर्शनका लागि आउने पूजारी सिंजाली बताउनुहुन्छ ।H4.jpg     यो मन्दिर स्थापना हुनुमा चाखलाग्दो कथन छ । परापूर्वकालमा डमरु, त्रिशुल, रुद्राक्षमालासहित एकजना जोगी आएर यो गाउँमा एकजनाको घरमा बास बसेका थिए । बाहिर पिंढीमा सुतेका जोगी बिहान घरवेटीले हेर्दा बिस्तरामा थिएनन् । कता गए के गरे भनेर खोज्दैजाँदा अहिले मन्दिर भएको ठाउँमा डमरु, त्रिशुल, रुद्राक्षमाला सहित भेटिएका थिए । आफ्ना सामग्री वरिपरी राखेर सुंगुर बनेर थुतुनो भूँईमा गढेको अवस्थामा भेटिएको किंवदन्ती रहेको मन्दिर नजिकै पूजा सामाग्री पसल गर्दै आउनुभएकि बुकुनी (मायाँ) रानाले बताउनुहुन्छ । H.jpg     रानाका अनुसार यो के भयो भनी लामा राख्दा म काला भैरव हुँ भनेको किंबदन्ती छ । खुल्ला ठाउँमा बस्न मन लागेर यहाँ आएको भनेकाले बिना छानोको खुल्ला मन्दिर रहेको रानाको भनाई छ ।
         यो मन्दिर सयौंवर्ष पहिले स्थापना भएको हुनसक्ने स्थानीय ऐत बहादुर मानन्धर बताउँनुहुन्छ । टाढादेखि दर्शनका लागि त आउँछन् नै, यसकासाथै हरिनास आउने तथा यो बाटो गरेर हिड्ने यात्रुहरु पनि एकपटक भैरवथान अवलोकन गरेर जाने गरेका मानन्धरको भनाई छ ।      मन्दिर परिसरबाट माछापुछ्रे, अन्नपूर्ण, धौलागिरीलगायत सुन्दर हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । पर्वत, कास्की, तनहुँ, चितवन, नवलपरासी, पाल्पा, धादिङका साथै दुरविनको सहायतामा काठमाडौको थानकोटसम्म देख्न सकिने स्थानीयहरु बताउँछन् ।K.jpg

    शनिवार, चैत्र ३ २०८००६:१५:४२

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend