Logo

शनिवार, कार्तिक १ गते २०८३

images

१७ वर्ष वैदेशिक रोजगारीपछि कृषि कर्ममा रमाउने प्रयासमा शालिकराम

१७ वर्ष वैदेशिक रोजगारीपछि कृषि कर्ममा रमाउने प्रयासमा शालिकराम

  • गोपाल जिटी
  • मंगलवार, चैत्र ६ २०८०


  • १७ वर्ष वैदेशिक रोजगारीपछि कृषि कर्ममा रमाउने प्रयासमा शालिकराम

    चैत ६, वालिङ
        नेपाली युवाहरुका लागि वैदेशिक रोजगारी आकर्षक गन्तव्य बनिरहेको छ । विगतका दिनदेखिकै प्रचलन हो, पैसा कमाउनका लागि विदेश जाने । पछिल्लो समयमा आएर त झन युवा विदेशिने क्रममा अझ वृद्धि आएको देखिन्छ । केहीले उतैको पि आर लिएर बसेका छन् त कतिपय फर्किएर गाउँ ठाउँमै व्यवसायी बनेका छन् । फर्किएकाहरु कोही सफल व्यवसायी बनेका छन् भने केही व्यवसायी बन्ने प्रयासमा छन् ।
        यसैबीच स्याङ्जाको चापाकोटका शालिकराम आचार्य १७ वर्ष वैदेशिक रोजगारीपछि फर्केर व्यवसायी बन्ने प्रयासमा छन् । चापाकोट ८ छिपछापका आचार्य १७ वर्ष साउदी अरबको बसाईपछि फर्केर पशु तथा कृषि फर्म सञ्चालन गरेर कृषिलाई भविष्यको आधार बनाउने प्रयासमा छन् । आचार्यले २०७७ सालदेखि शुभारम्भ बहुवृद्धि कषि तथा पशु फर्म सञ्चालन गर्दै आएका छन् । ४ वटा भैंसीबाट सुरु गरेका आचार्यको फर्ममा अहिले ५ वटा भैंसी र ५ वटा गाई गरी १० वटा छन् । तिनै गाई भैंसीको रेखदेखसहित बिहानको समय बजारमा दूध लैजानु आचार्यको दैनिकी बनेको छ । C1.jpg    दैनिक ४० देखि ५० लिटर दूध विक्रि गर्दा खर्च कटाएर मासिक ४० हजार बचत हुने आचार्य बताउँछन् । विदेशमा काम गर्दा मासिक कमाई जे जस्तो भएपनि दवावमा रहनुपर्छ, स्वतन्त्रता हुदैन । यहाँ आफ्नो खुसीले गर्न सकिन्छ, मेहनत अनुसार आम्दानी पनि लिन सकिनेमा विश्वास लिएको छु । त्यसैले कृषि कर्ममा लागेको हुँ, कमाई पनि राम्रै छ, आचार्यले भने लगानीको आधारमा आम्दानी राम्रै छ, घर खर्चसहित जीविकोपार्जन सजिलै चलेको छ । ठूलो लगानीमा गर्ने हो भने कमाई पनि सोहि अनुसार लिन सकिने आफ्नो तीन वर्षे अनुभवले देखाएको आचार्य बताउछन् ।
        साढे दुई लिटरको पेय पदार्थलाई ३ सयमा किन्न तयार हुन्छन् जुन स्वस्थकर हुँदैन । त्यो भन्दा सस्तो र स्वास्थ्यका हिसावले पनि फाइदै फाइदा गर्छ र पनि मानिसहरुले दूध किनेर खान हिच्किचाउछन् । यसरी बढ्दो आधुनिकताले निम्त्याएको विकृतिमा मानिसहरु आकर्षित हुने गरेको उनको भनाई छ । 
    दूध उत्पादनमा भैसी पनि ठिकै छ तर गाईबाट छिटो र राम्रो आम्दानी लिन सकिने आचार्यको अनुभव भैसकेको छ । दूध उत्पादनमा तुलनात्मकरुपमा भैंसीबाट भन्दा गाईबाट बढि फाइदा लिन सकिदो रहेछ उनले भने—एउटा गाईले व्याएको ४ महिनामा आफ्नो खर्च उठाउँछ भने त्यसपछि फाइदै फाइदा हुन्छ । C2.jpg    आँफूले दुःख गरेर आएका उनले छोरालाई विदेश जानबाट भने रोक्न सकेनन् । आचार्यका दुई छोरीको विवाहदान भैसकेको छ र छोरा कुवेत गएका छन् । पहिला आँफूलाई घरको व्यवसायमा सहयोग गर्दै आएका छोराले वैदेशिक रोजगारीको पनि अनुभव गर्ने रहरमा कुवेत गएका आचार्य बताउछन् ।

    मंगलवार, चैत्र ६ २०८००६:३८:५३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend