चैत ७, वालिङ
स्याङ्जाको चापाकोटमा वेवारिसे अवस्थामा नवजात शिशु भेटिएको छ । नवजात शिशु जङ्गलमा भेटिएको र शिशु वालिका रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार बाटरा सामुदायिक वनमा बेवारिसे अवस्थामा बुधबार दिउसो ३ वजे नवजात भेटिएको हो । नालसहित जीवित अवस्थामा भेटिएको शिशुलाई तत्काल चापाकोट नगर अस्पतालमा पठाइएको थियो । थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।
के कति कारणले जङ्गलमा शिशु वेवारिसे अवस्थामा रहेको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।