Logo

शनिवार, कार्तिक १ गते २०८३

images

होरीको परम्परा जोगाउँदै वालिङका मगर समुदाय

होरीको परम्परा जोगाउँदै वालिङका मगर समुदाय

  • गोपाल जिटी
  • शनिवार, चैत्र १० २०८०


  • होरीको परम्परा जोगाउँदै वालिङका मगर समुदाय

    चैत १०, वालिङ
         जब फागु पूर्णिमा आउँछ, तव मगर समुदायमा होरीको परम्परा अनुसार गाउँ समाजमा गाउने र नाच्ने क्रम सुरु हुन्छ । यो परम्परा आजको होइन, परापूर्वदेखि चलि आएको परम्परागत प्रचलन हो । यो पर्व पौराणिक किंवदन्तीमा आवद्ध भएकाले पनि परापूर्वकालदेखिको संस्कृतिमा आधारित रहेको बुझिन्छ । काठमाडौ उपत्यकामा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाउने प्रचलन छ भने पहाडी भेगमा एकादशीदेखि मनाउन सुरु गरिन्छ । यो वर्षको फागु पूर्णिमा भोलि आइतबार परेको छ । सरकारले पूर्णिमाका दिन पहाडमा र त्यसको भोलिपल्ट मधेशमा सार्वजनिक विदा दिँदै आएको छ । H1.jpg      स्याङ्जाका मगर समुदायले अहिले पनि ती मौलिक परम्परालाई निरन्तरता दिदै आएका छन् । यसैबीच वालिङ क्षेत्रमा रहेका मगर समुदायले यो परम्परालाई जोगाउदै आएको देखिन्छ । एकादशीका दिनदेखि नै वालिङ बजारमा यहाँका मगर समुदायको होरीगीत र नाचले गुञ्जायमान छ । ठाउँ ठाउँमा होरीगीत गाउने र नाच्ने गरेको देखिन्छन् ।H2.jpg     पछिल्लो समयमा फागु पूर्णिमालाई रङ्गहरुको पर्व होली भन्ने प्रचलन छ । तर यहाँका मगर दाजुभाई भन्छन् होली हिन्दीमा भनिने गरिएको हो, हामीले त परापूर्वदेखि नै होरी भन्दै आएका हौं । एकादशीका दिनदेखि घर घरमा गई होरीगीत गाउने नाच्ने र दक्षिणा लिने हाम्रो परम्परागत प्रचलन रहेको वालिङ नगरपालिका वडा नम्वर १४ कपासेका केशर सिंजाली मगर बताउँछन् । यो हाम्रो जिजुबाजेका पालादेखिको परम्परा हो, एकादशीका दिनदेखि यसैगरी घर घरमा होरीगीत गाउँने र नाच्ने गरिन्छ, वालिङ बजारमा टोलीसहित आएका सिंजाली मगर बताउँछन् । एकादशीका दिन विधिवत पूजा आजासहित सुरु गरिएको होरीलाई पूर्णिमाका दिन सेलाउने प्रचलन छ ।H3.jpg     सिंजाली भन्छन्—“एकादशीका दिन विधिवत पूजा गरेर होरीको थालनी गरिन्छ । घर घरमा गई होरीको गीत गाउने नाच्ने हाम्रो परम्परा हो । फागु पूर्णिमाका दिन राती विधिवत पूजा आजा गरेर होरी सेलाउने गरिन्छ ।”

    “एकैघर मागी एकै मुठी पाएँ, 
    दुई घर मागी दुई मुठी पाएँ 
    घर घर मागन या
    जोगियालाई देउन विगिया.....
    होरी खेलन हो, फाउ खेलन, हो बाहै« बजारैमा होरी खेलन....”
    H4.jpg     हाम्रा बाउबाजेका पालादेखिको प्रचलन हो, अहिलेसम्म छोडिएको छैन, वालिङ ६ साठीघरका टेकबहादुर थापाले भने । होरीलाई होली भन्न थालियो, हामीले आफ्नो मौलिकतालाई भुल्दै गयौं, अहिलेसम्म त हामीले जेनतेन थामेका छौं नयाँ पुस्ताले निरन्तरता दिन्छन् कि दिदैनन् भन्न सकिदैन थापाले चिन्ता व्यक्त गरे । छिमेकी देश भारतको प्रभावले मधेशतिर पूर्णिकाका दिनलाई होली अथवा रङ्गहरुको पर्व भन्ने गरिएको हो । पहाडी क्षेत्रमा होरीगीत गाउने नाच्ने हाम्रो परम्परा हो । अरुले के भन्छन् र के गर्छन् होइन कि हाम्रो मौलिकता के हो भन्ने कुराले महत्व राख्ने थापाको भनाई छ ।H5.jpg“एकै र मास दोहर महिना, देउकीको कोखी लाग्यो
    बालै किसनको देउकीको कोखी लाग्यो
    सिरफूलै पहिरी खेलन,
    रिङ्दै आयौं पिया घुम्दै आयौं, पिया घर घर विगिया...”

    शनिवार, चैत्र १० २०८००६:१३:११

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend