Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अबको ३ वर्षमा वालिङलाई क्षयरोग मुक्त बनाउँछौ ः नगरप्रमुख खांण

अबको ३ वर्षमा वालिङलाई क्षयरोग मुक्त बनाउँछौ ः नगरप्रमुख खांण

  • सन्देश भण्डारी
  • शनिवार, चैत्र १० २०८०


  • अबको ३ वर्षमा वालिङलाई क्षयरोग मुक्त बनाउँछौ ः नगरप्रमुख खांण

    चैत १०, वालिङ
         वालिङ नगरप्रमुख कृष्ण खांणले अबको तीन वर्षमा वालिङ नगरपालिकालाई क्षयरोग मुक्त बनाउने प्रतिवद्धता जनाउनुभएको छ । “हो हामी क्षयरोग अन्त्य गछाँै” भन्ने नाराका साथ वालिङ १२ को सिर्सेकोट स्वास्थ्य चौकीमा आयोजित एक दिने क्षयरोग जाँच शिविरको उद्घाटन गर्दै नगरप्रमुख खांणले यस्तो बताउनुभएको हो । विभिन्न वडा वडामा पुगेर घुम्ती शिविरमार्फत नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउनका लागि यस्ता कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।  
         नागरिक स्वस्थ भए नगर स्वस्थ रहने भन्दै नागरिकलाई वडास्तरमा सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको प्रमुख खांणले बताउनुभयो । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले नगरपालिकाले परिणाम देखिनेगरी काम गरेको भन्दै नागरिकमैत्रि कार्ययोजनाहरु अगाडि बढाईएको बताउनुभयो । साथै उपप्रमुख तिवारीले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पुरस्कारसमेत प्राप्त गरिसकेको भन्दै अन्य शिक्षा, कृषि, खानेपानी लगायतका आधारभूत आवश्यकतालाई सहज बनाईने बताउनुभयो । कार्यक्रममा वालिङलाई क्षयरोग मुक्त बनाउनका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणले हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा अब टिविलाई हटाउनु छ देशलाई जिताउनु छ लगायत लेखिएका प्लेकार्ड समेत प्रर्दशन गरिएको थियो ।K2.jpg     वालिङ नगरपालिकाभित्र मात्रै ३९ जना क्षयरोग लागेका बिरामी रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा १ सय ३१ क्षयरोगका बिरामी रहेको तथ्याङ्क सार्वजनिक हुदाँ सबैभन्दा बढी बिरामी वालिङमै रहेको देखिएको छ ।
    हरेक वडामा क्षयरोग शिविर आयोजना गर्दै क्षयरोग बिरामीको पहिचानलाई तिब्रता दिएको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो । खोकी लाग्दा सामान्य मानेकै कारण ग्रामिण क्षेत्रका नागरिकमा क्षयरोग हुनसक्ने अनुमान हाम्रो रहेकाले ग्रामिण बस्तीमै प्रथमिकता दिएर शिविर आयोजना गरको उहांले बताउनुभयो । ६० जनाको स्वास्थ्य परिक्षण गर्दा ४० जना शंकास्पद र १२ जनाको खकार नमूना परीक्षणका लागि लिइएको पाण्डेले बताउनुभयो । शंकास्पद रहेका ४० जनालाई वालिङ नगर अस्पतालमा आउन अनुरोध गरेको उहाँले बताउनुभयो ।K1.jpg     नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने टिभिका लक्षण हुन् । क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । चिकित्सकीय भाषामा यसलाई ट्युबरकुलोसिस भनिन्छ । छोटकरीमा यो रोगलाई टीबी भनेर चिनिन्छ । क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो ।

    शनिवार, चैत्र १० २०८००६:५७:५९

    सन्देश भण्डारी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend