Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अखिल नेपाल किसान महासंघ वालिङ नगरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गैहे«

अखिल नेपाल किसान महासंघ वालिङ नगरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गैहे«

  • गोपाल जिटी
  • सोमवार, चैत्र १२ २०८०


  • अखिल नेपाल किसान महासंघ वालिङ नगरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गैहे«

    चैत १२, वालिङ
    स्याङ्जाको वालिङमा अखिल नेपाल किसान महासंघको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार अखिल नेपाल किसान महासंघ वालिङ नगरको दोस्रो अधिवेशन सम्पन्न गरिएको हो । 
    अधिवेशनले रत्नाखर गैहे«को अध्यक्षतामा २५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । महासंघको उपाध्यक्षमा जुद्ध खनाल हुनुहुन्छ भने सचिवमा सागर पङ्गेनी रहनुभएको छ । यसैगरी कोषाध्यक्षमा सूर्य काफ्ले र उपसचिव सुकमायाँ सार्की चयन भएका छन् । अरु  २० जना सदस्यसहित महासंघको दोस्रो अधिवेशनबाट २५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएका हुन् । M1.jpg कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व सांसद एवम् नेकपा एमालेका नेता मोहन रेग्मीले सरकारले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।स्थानीय उत्पादनमा वृद्धि ल्याउन सकियो भने नागरिकहरु आत्मनिर्भर हुनसक्ने भएकाले राज्यले किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा पार्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । यसकासाथै स्थानीय उत्पादनको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने नेता रेग्मीको भनाई छ । यसो गर्न नसक्दासम्म किसानहरु ढुक्कसँग कृषिलाई पेशाकारुपमा अपनाउने वातावरण नबन्ने उहाँले व्यक्त गर्नुभयो । 
    नेता रेग्मीले भन्नुभयो—“स्थानीय तहले नागरिकहरुलाई उत्पादनसँग जोड्न किसानमुखी कार्यक्रम लागु गर्नुपर्छ । उत्पादनसँगै आम नागरिक आत्मनिर्भर हुनु भनेको स्थानीय पालिका आत्मनिर्भर हुनु भएकाले किसानमुखी कार्यक्रमलाई जोड दिन आवस्यक छ । योसँगै किसानका उत्पादनको विक्रि वितरणको जिम्मा पनि स्थानीय सरकारले लिनुपर्छ र मात्र किसानहरु ढुक्कसँग कृषिलाई पेशाकारुपमा अपनाउने वातावरण बन्छ ।”
    नेकपा एमालेले २३ वटा जनसङ्गठन निर्माण गर्ने केन्द्रीय निर्णय अनुसार अखिल नेपाल किसान महासंघ पनि एक हो । किसानको हक हितका लागि आवाज वुलन्द गदै महासंघ मार्फत सांगठनिकरुपमा अगाडि बढ्न किसानहरुलाई आग्रह गर्नुभयो । यसकासाथै पार्टीको विचार, दृष्टिकोण र योजनालाई अङ्गिकार गर्दै जनसंगठनहरु लाग्न उहाँले जोड दिनुभयो ।

    सोमवार, चैत्र १२ २०८००३:५२:४३

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend