Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ नगरपालिकाद्वारा बाख्रापालक किसानहरुका लागि बीउ पूँजी उपलब्ध गराउने

वालिङ नगरपालिकाद्वारा बाख्रापालक किसानहरुका लागि बीउ पूँजी उपलब्ध गराउने

  • गोपाल जिटी
  • मंगलवार, चैत्र १३ २०८०


  • वालिङ नगरपालिकाद्वारा बाख्रापालक किसानहरुका लागि बीउ पूँजी उपलब्ध गराउने

    चैत १३, वालिङ
    स्याङ्जाको वालिङ नगरपालिकाले बाख्रापालक किसानहरुका लागि बीउ पूँजी उपलब्ध गराउने भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत “मासुमा आत्मनिर्भर कार्यक्रम र बाख्रा बिकास कार्यक्रम” अन्तर्गत बाख्रापालक किसानहरुका लागि नगरपालिकाले बीउ पूँजी उपलब्ध गराउने भएको हो ।
    आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत “मासुमा आत्मनिर्भर कार्यक्रम र बाख्रा बिकास कार्यक्रम ”शिर्षकमा विनियोजित रकमबाट वालिङ नगरकार्यपालिकाको गत माघ २४ गतेको निर्णय अनुसार बाख्रापालक किसानहरुका लागि बीउ पूँजी उपलब्ध गराइने नगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
    यही चैत १३ गते मङ्गलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा हस्ताक्षरित सूचनामार्फत बाख्रापालक किसानहरुका लागि बीउ पूँजी उपलब्ध गराउने जानकारी गराइएको हो । मिति २०८० माघ २४ गतेको निर्णय अनुसार यस नगरपालिका भित्र व्यवसायिक बाख्रापालन गरिरहेका र आर्थिक मन्दीका कारण व्यवसायमा समस्या परेका किसानहरुलाई व्यवसाय पुनस्र्थापनाका लागि बीउ पूँजी रकम उपलव्ध गराउने कार्यक्रम रहेकोले इच्छुक व्यवसायिक बाख्रापालक किसानहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा निवेदन पेश गर्नुहुन सूचनामा भनिएको छ ।
    व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी, कर चुक्ता प्रमाण, निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जग्गाधनि प्रमाणपूर्जाको प्रतिलिपी, संक्षिप्त व्यवसायिक प्रस्ताव,बीउपूँजी नियमानुसार चुक्ता गर्ने प्रतिवद्धता पत्रलगायतका कागजात सहित उपस्थित हुन नगरपालिकाले सूचनाद्वारा जानकारी गराइएको छ ।G.jpg

    मंगलवार, चैत्र १३ २०८००५:५३:५१

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend