Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अमोर सेवाको १२ औं वार्षिकोत्सव, बराल परिवारद्वारा अक्षयकोषका लागि रु.९० हजार १ सय १ प्रदान

अमोर सेवाको १२ औं वार्षिकोत्सव, बराल परिवारद्वारा अक्षयकोषका लागि रु.९० हजार १ सय १ प्रदान

  • गोपाल जिटी
  • शनिवार, चैत्र १७ २०८०


  • अमोर सेवाको १२ औं वार्षिकोत्सव, बराल परिवारद्वारा अक्षयकोषका लागि रु.९० हजार १ सय १ प्रदान

    चैत १७, वालिङ
    स्याङ्जाको फेदिखोलामा रहेको अमोर सेवा बालगृहले १२ औं वार्षिकोत्सव मनाएको छ । फेदिखोला गाउँपालिका वडा नम्वर १ कटुजेस्वाँरामा रहेको बालगृहले शनिबार आफ्नो १२ औं वार्षिकोत्सव मनाएको हो ।
    वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिका वडा नम्वर २२ का हुमादेवी बरालले अक्षयकोष स्थापनाका लागि रु. ९० हजार १ सय १ प्रदान गर्नुभयो । बरालले आफ्ना श्रीमान छविलाल उपाध्याय बरालको स्मृतिमा बालगृहलाई अक्षयकोष स्थापनाका लागि उक्त रकम प्रदान गर्नुभएको हो ।
    कार्यक्रममा गण्डकी प्रदेश सभासद सुधीरकुमार पौडेलले जिल्लाका महत्वपूर्ण स्थानहरु मध्ये अमोरसेवा नेपाल बालगृह पनि जिल्लाकै महत्वपूर्ण र हामी सबैले  दृष्टि दिनुपर्ने संस्था रहेको बताउनुभयो । जिल्लाकै ऐतिहासिक र सांस्कृतिक महत्वको नुवाकोटलाई मानिन्छ भने त्यस्तै अमोर सेवा बालगृह पनि अनाथ बालबालिकाहरुको एकमात्र आश्रय स्थल रहेको प्रदेश सांसद पौडेलले उल्लेख गर्नुभयो । आफ्नै घरमा बाबा आमाको काखमा रहेका बालबालिका भन्दा यहाँका बालबालिकाहरुमा कुनै कमि छैन, बरु थप प्रतिभाशाली भएको आँफूले पाएको उहाँले व्यक्त गर्नुभयो । तल्लो तहदेखि उच्च शिक्षासम्म अध्ययनरत बालबालिकाहरुमा पढाईसँगै विविध कला कौशलतामा सक्षम रहेका भन्दै प्रदेश सांसद पौडेलले बालगृह सञ्चालक र बालबालिकाहरुको प्रशंंसा गर्नुभयो । सिद्धार्थ राजमार्गदेखि बालगृहसम्मको सडक विस्तारका लागि गत आर्थिक वर्षमा केही बजेट परेको र आगामी आर्थिक वर्ष थप व्यवस्थापनका लागि पहल गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।20240330_143731.jpgकार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बालबालिकाहरुकोसाथमा बाह«ौं वार्षिकोत्सवको केक काट्नुभएको थियो । S.jpgवार्षिकोत्सवको केक काट्दै प्रमुख जिल्ला अधिकारी नेपालले घरमा एउटा बच्चा हुकाउन कति गाह«ो हुन्छ भने झण्डै तीन दर्जन बालबालिकालाई यति राम्रोसँग हेरचाह गरेर सक्षम बनाउनु सराहनीय रहेको बताउनुभयो । आँफू जन्मेको पहिलो घरमै हुनुपथ्र्यो, वाध्यताले यो दोस्रो घरमा आउनुपरेको छ, तर पनि कुनै कुरामा कमि नगराईकन संरक्षण गरिएको छ । आगामी दिनमा बालगृहका लागि के सहयोग गर्नुपर्छ, त्यसको लागि आँफ्नो तर्फबाट साथ सहयोग रहने प्रमुख जिल्ला अधिकारी नेपालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।20240330_152014.jpgयसैगरी अध्यक्ष कमला पराजुलीले बालगृहको गतिविधीसहित जानकारी गराउनु भएको थियो । यस अवसरमा बालबालिकाहरुको नृत्यसहित विविध प्रस्तुति रहेको थियो ।20240330_131917.jpgअमोर सेवा नेपाल बालगृहमा स्याङ्जासहित पर्वत, रुकुम र मुगुका गरी ३३ जना बालबालिका छन् । उनिहरुको पढाई लेखाईसहित सम्पूर्ण लालनपालनको काम बालगृहले गर्दै आएको छ ।
    कार्यक्रममा बालगृहलाई विगतका दिनमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मानसमेत गरिएको थियो । A.jpg20240330_130840.jpg

    शनिवार, चैत्र १७ २०८००७:४२:४०

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend