Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सहकारी संस्थाहरुबीच अन्तरक्रिया

सहकारी संस्थाहरुबीच अन्तरक्रिया

  • गोपाल जिटी
  • बुधवार, चैत्र २१ २०८०


  • सहकारी संस्थाहरुबीच अन्तरक्रिया

    चैत २०, वालिङ
    स्याङ्जाको वालिङमा सहकारी संस्थाहरुबीच अन्तरक्रिया गरिएको छ । वालिङमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाले सहकारी संस्थाहरुबीच “सहकारीको वर्तमान अवस्था, समस्या र समाधानका उपाय” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । संस्थाले ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा वालिङ नगरभित्र रहेका सहकारीहरुबीच अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ ।
    कार्यक्रममा सबै मिलेर बसेर भएका समस्या समाधानमा लाग्नुपर्ने, सहकारी संस्थाहरुबीच सहकार्य र समन्वय गरेर अगाडि बढ्नुपर्ने आवस्यकता रहेको धारणा राखेका छन् । यसमा संघीय र प्रदेश सरकारका साथै स्थानीयतहले सहकारीहरुका समस्याका विषयमा प्रयास गरिदिनुपर्ने उनीहरुको भनाई छ । सहकारी संस्थाहरुबीचको अन्तरक्रियाले समस्या समाधानसँगै संस्थागत प्रगतिमा बलपुग्ने भएकाले समय समयमा यस्ता कार्यक्रम गरिनुपर्ने भनाई सहभागीहरुको छ । यसकासाथै आगामी दिनमा वालिङ नगरका सहकारी संस्थाहरु सहकार्य र समन्वय गरेर अगाडि बढ्ने जनाएका छन् ।
    सहकारी दिवसकै अवसरमा वालिङ नगरक्षेत्रमा रहेका सहकारीहरुले सोमबार सहकारी संस्थाहरुमा विद्यमान समस्या समाधानमा स्थानीयतहले भूमिका खेल्नुपर्ने, आवस्यक नीति तथा बजेटको व्यवस्था गरेर सशक्तिकरणमा महत्वकासाथ जोड दिनुपर्ने लगायतका १० बुँदे मागसहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । 

    बुधवार, चैत्र २१ २०८००७:०२:१७

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend