Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आउने

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आउने

  • गोपाल जिटी
  • बिहिवार, चैत्र २२ २०८०


  • नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आउने

    चैत २२, वालिङ
    नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आउनुहुने भएको छ । नेकपा एमाले स्याङ्जाको नवौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्न पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार जिल्ला सदरमुकाम पुतलीबजार आउनुहुने भएको हो ।
    नेकपा एमाले स्याङ्जाले बिहिबार पत्रकार सम्मेलन गरी नवौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्न पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली शुक्रबार पुतलीबजार आउनुहुने जानकारी गराएको हो । 20240404_095717.jpgपत्रकार सम्मेलन कार्यक्रममा नवौं जिल्ला अधिवेशन प्रचार प्रसार कमिटिका संयोजक विश्व पौडेलले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाको नवौं अधिवेशन भोलि चैत्र २३ र २४ गते पुतलीबजारस्थित सिटीहलमा सम्पन्न गरिने अधिवेशन प्रचार प्रसार कमिटिका संयोजक पौडेलले जानकारी दिनुभयो ।20240404_095727.jpgअधिवेशनमा जिल्लाका ११ वटा पालिकाका ९७ वटा वडा कमिटीहरु, जनसङ्गठनहरुको प्रतिनिधित्व हुनेगरी कूल ६ सय ९ जना प्रतिनिधि रहने पार्टीका अध्यक्ष सूर्यप्रसाद गैहे« पारसले बताउनुभयो । नेकपा एमालेले महिला, जनजाति, उत्पीडित समुदाय, तथा युवाहरुको प्रतिनिधित्वलाई महत्वकासाथ लिइएको अध्यक्ष गैहे«ले उल्लेख गर्नुभयो । अध्यक्ष गैहे«का अनुसार नवौं अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि १ सय १ जनाको जिल्ला कमिटी चयन गर्नेछ । कमिटीमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिवमा २ जना पदाधिकारी एवम् बाँकि १ सय जना सदस्य रहने छन् ।
    नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन आम समुदायमा प्रेस विज्ञप्ती मार्फत अधिवेशन प्रचार प्रसार कमिटीले हार्दिक अपिलसमेत गरेको छ ।E.jpg

    बिहिवार, चैत्र २२ २०८००३:२७:५९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend