Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेकपा एमाले स्याङजाको नवौं जिल्ला अधिवेशन सम्पन्न, पुनः गैह«ेको अध्यक्षतामा नयाँ कमिटी चयन

नेकपा एमाले स्याङजाको नवौं जिल्ला अधिवेशन सम्पन्न, पुनः गैह«ेको अध्यक्षतामा नयाँ कमिटी चयन

  • गोपाल जिटी
  • आइतवार, चैत्र २५ २०८०


  • नेकपा एमाले स्याङजाको नवौं जिल्ला अधिवेशन सम्पन्न, पुनः गैह«ेको अध्यक्षतामा नयाँ कमिटी चयन

    चैत्र २५, वालिङ
    नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत माक्र्सवादी लेनिनवादी ) एमाले स्याङ्जाको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः सूर्यप्रसाद गैह«े “पारस” को अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । योसँगै गैह«े तेस्रो पटक एमाले स्याङ्जाको अध्यक्ष बन्नुभएको छ । आगामी तीनवर्षै कार्यकालका लागि एमाले स्याङ्जाले अध्यक्ष गैह«ेसँगै १ सय ५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको हो । यही चैत्र २३ गतेदेखि सुरु अधिवेशनले सर्व सम्मतिमा जिल्लाको नयाँ कमिटी निर्वाचित गरेको छ ।
    यसैगरी उपाध्यक्षमा महेश पुरी चयन हुनुभएको छ भने सचिवमा रामचन्द्र भट्टराई ( आरसी ) रहनुभएको छ । उपसचिवमा अमृत श्रेष्ठ र चिनमायाँ गुरुङ चयन भएका छन् । सदस्य पदका लागि आवस्यक भन्दा धेरै उम्मेदवारी परेपछि सहमतिका लागि निर्वाचन कमिटीले समय थपगरी सहजीकरण गरेको थियो । निर्वाचन कमिटी र माथिल्लो तहका नेताहरुको सहजिकरणमा अन्ततः सहमति भएको हो ।
    जस अनुसार सदस्यहरुमा विभिन्न क्लस्टरबाट समेटिएको छ । खुल्ला, भूगोल, महिला, युवा, जनजाति, उत्पीडित, अल्पसङ्ख्यक, मजदुर, मुश्लिम तथा अपाङ्गबाट समेटिएको हो । योसँगै गैह«ेको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालका लागि १ सय ५ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको नवौं जिल्ला अधिवेशन निर्वाचन अधिकृत टङ्क प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

    आइतवार, चैत्र २५ २०८००६:५४:५९

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend