चैत २६, वालिङ
स्याङ्जाको वालिङमा महिलाहरुका लागि सीपमूलक तालीम प्रदान गरिएको छ । वालिङ नगरपालिका ७ नम्वर वडाले क्षमतामूलक तालीम अन्तर्गत चुरापोते तथा शेनेटरी प्याड बनाउने सीपमूलक तालीम प्रदान गरेको हो ।
महिला क्षमतामूलक तालीम अन्तर्गत उक्त सीपमूलक तालीम प्रदान गरिएको ७ नम्वर वडा अध्यक्ष पाण्डुकुमार थापाले जानकारी दिनुभयो ।
यही चैत्र १८ देखि सूरु गरिएको तालीम वडा कार्यालयको हलमा सञ्चालन भैरहेको छ । सुरुमा गरिएको चुरापोते बनाउने तालीममा ३४ जना महिलाहरुको सहभागिता रहेको छ । ७ दिनको तालीममा सहभागी महिलाहरुले बजारमा पाइने र आँफूहरुलाई चाहिने आकर्षक चुरा पोते तयार पारेका छन् । सहभागीहरु शीप सिकाईमा निकै उत्साह देखाएका छन् । जसका कारण ७ दिने तालीमले आकर्षक चुरापोते बनाउन सक्ने भएको उनीहरुले तयार पारेका सामानले देखाएको छ ।
यसपछि महिलाहरुकै लागि आवस्यक पर्ने पुनः प्रयोग हुने शेनेटरी प्याड बनाउने शीप सिकाई हुने अध्यक्ष थापाले बताउनुभयो । सिकेको सीपको उपयोग गरेर आय आर्जन सकून भन्ने उद्देश्यले तालीम प्रदान गरिएको हो । योसमेत गरेर महिलाहरुलाई १५ दिने तालीम प्रदान गरिने छ । अध्यक्ष थापाले भन्नभयो “ सीप सिकेर आय आर्जनमा लाग्न हाम्रो आग्रह छ, होइन भने पनि उनीहरुले घरमै रहेर खाली समयको सदुपयोग गरेर आफ्नो न्युनतम आवस्यकता पूरा गर्न सकून भनेर पनि शीपमूलक तालीम प्रदान गरिएको हो ।”
योसँगै पुनः प्रयोग हुने शेनेटरी प्याड बनाउने तालीमका लागि ३० जनाको सहभागिता हुने अध्यक्ष थापाले जानकारी गराउनुभयो । तालीमको सहजीकरण मनकुमारी थापाले गर्नुभएको छ ।