Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिरुवा गाउँपालिकाले शिक्षकहरुलाई पदस्थापनसहित विद्यालय पठायो

बिरुवा गाउँपालिकाले शिक्षकहरुलाई पदस्थापनसहित विद्यालय पठायो

  • गोपाल जिटी
  • बुधवार, चैत्र २८ २०८०


  • बिरुवा गाउँपालिकाले शिक्षकहरुलाई पदस्थापनसहित विद्यालय पठायो

    चैत २८, वालिङ
    स्याङ्जाको बिरुवा गाउँपालिकाले शिक्षकहरुलाई पदस्थापनसहित बिभिन्न विद्यालयमा पठाएको छ । गाउँपालिकाले प्रावितहमा स्थायी भएर आएका शिक्षकहरुलाई पदस्थापनपत्रसहित बिभिन्न विद्यालयमा पठाएको हो । शिक्षकसेवा आयोग पासगरी आएका १८ जना शिक्षकहरुलाई आवस्यकता भएका विद्यालयमा पठाईएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी गराउनुभयो । अध्यक्ष कुँवरका अनुसार दरबन्दी खाली भएका र अस्थायी शिक्षकहरु रहेका आधारभूततहका विद्यालयहरुमा स्थायी शिक्षक पठाइएको हो । B.jpgपदस्थापन पत्र प्रदान गर्दै अध्यक्ष कुँवरले तोकिएका विद्यालयमा गई आ आफ्नो दक्षता अनुसार दत्तचित्त भएर शिक्षण सेवामा लाग्न आग्रह गर्नुभयो । शिक्षण जस्तो पवित्र सेवामा आउनुभएको छ,आँफूलाई गर्विलो महसुसगरी बालबालिकाहरुको भविष्य निर्माणमा लाग्न उहाँले निर्देशन दिनुभयो । 
    शिक्षकसेवा आयोग पासगरी स्याङ्जासहित बर्दीया, रुकुमलगायतका जिल्लाबाट बिरुवा गाउँपालिकामा आएका गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

    बुधवार, चैत्र २८ २०८००२:०७:१४

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend