चैत ३०, वालिङ
स्याङ्जाको गल्याङमा तेस्रो गल्याङ महोत्सव आजबाट सुरु भएको छ । गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सव सञ्चालन गरिएको हो । ‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ भन्ने नारासहित सुरु भएको महोत्सवको पूर्व कानुनमन्त्री धनराज गुरुङले उद्घाटन गर्नुभएको हो ।
स्थानीयस्तरमा उत्पादित कृषि तथा हस्तकलाका सामग्रीहरुको ब्यवसायिक प्रवद्र्धन, धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिले प्रचूर संभावना भएका स्थलहरुको प्रचारप्रसार गर्ने, मौलिकरुपमा रहेका कला संस्कृतिहरुको संरक्षण र सम्वद्र्धनमा जोड दिने गरी महोत्सव आयोजना गर्न लागिएको गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (ध्रुब) ले बताउनुभयो ।
महोत्सवको पहिलो दिन राष्टिय कलाकारहरु शिव हमाल, धनश्याम रिजाल र कमला गैह«ेलगायतका कलाकारहरुले आफ्ना प्रस्तुति राखेका थिए ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ करोडको आर्थिक कारोबार र करिव एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवमा कूल एकसय ४० स्टल रहेका छन् । स्थानीय ब्यापारी ब्यवसायीलाई स्टल भाडामा २५ प्रतिशतसम्म छुट दिईएको छ । स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुपंक्षीजन्य सामग्रीहरु, हस्तकलाका सामग्रीहरुकालागि २० वटा निशुल्क स्टलको ब्यवस्था गरिएको गल्याङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष यज्ञप्रसाद अर्यालले बताउनुभयो ।